सप्तरीमा तिर्थ यात्रु सवार बस दुर्घटनाः ५ को मृत्यु, २२ घाइते

घाइते मध्ये ६ जनाको अवस्था गम्भिर

काठमाडौं । सुनसरीको बरहाक्षेत्र धामस्थित सप्तकोसी नदीमा स्नान गरेर फर्किरहेका तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

सप्तरीमा भएको उक्त बस दुर्घटनाबाट गम्भीर घाइते भएका ६ जनालार्इ उपचारका लागि जिल्लाबाट बाहिर पठाइएको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिर्थ यात्रु सवार १ ख २७९९ नम्बरको बस सप्तरीको हनुमाननगरस्थित इनरुवामा दुर्घटना भएको हो ।

दुर्घटनाबाट मृत्यु हुनेहरूमा डाक्नेसोरी ५ की ७० वर्षीया बेचनी देवी यादव, ६० वर्षीया सिकिल देवी साह, दिनेश रजक, उनकी पत्नी र भुखानी देवी यादव रहेको प्रहरीले जनाएको छ ।