कांग्रेसले डाक्यो आइतबार कार्यसमितिको बैठक

विधानका बारेमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकको तयारीका विविध विषयमा छलफलका लागि आउँदो आइतबार बिहान कार्यसमितिको बैठक डाकेको छ ।

बैठकमा महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा छलफल केन्द्रीत हुने बताइएको छ ।

नेपाली कांग्रेसले जनाए अनुसार कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान ८ः३० बजे बस्ने भएको छ ।

बैठकमा कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुमने उपस्थिति रहने बताइएको छ ।

यसअघि निमार्ण गरेको विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल गरी त्यसलाई महासमितिमा लैजाने कांग्रेसको तयारी छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक यहि मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा बस्दै छ, यसअघि उक्त बैठक मङ्सिर ५ देखि ९ गतेसम्म भनिए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको हो ।