बर्दियाको गुलरियामा प्रादेशिक कृषि, पर्यटन तथा औधोगीक महोत्सवको तयारी

महोत्सवमा २ लाख अवलोकनकर्ता आउने अपेक्षा

बर्दिया । बर्दियाको गुलरियामा यहि मंसिर २७ गते देखी पौष ८ गते सम्म प्रादेशिक कृषि, पर्यटन तथा औधोगीक व्यापार महोत्सव हुने भएको छ ।

उद्योग बाणिज्य बर्दिया गुलरियाको मुख्य आयोजकत्व तथा नेपाल उद्योग बाणिज्य महासंघ टेकु काठमाण्डौ र ५ नंम्बर प्रदेश बुटवलको आयोजकत्वमा उक्त महोत्सव हुन लागिएको हो ।

‘समृद्ध प्रदेश नम्बर ५ को प्रमुख आधार, कृषि, पर्यटन, उद्योग, संस्कृति र पुर्वधार’ भन्ने मुल नारा सहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले आज गुलरियामा सम्पन्न पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य बर्दिया गुलरियाका अध्यक्ष तथा महोत्सव समितिका संयोजक बीर बहादुर चौधरीले यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागी उद्योग व्यापार, शिक्षा, स्वास्थ्य, कृषी र पर्यटन क्षेत्रको प्रर्वद्धनमा पुर्‍याउने, आन्तरिक बजार सवलीकरणका लागी व्यवसायिक उत्थान तथा निकासी योग्य बस्तुमा जोड दिने लक्ष्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।

उद्योग बाणिज्य संघका अध्यक्ष चौधरीले महोत्सवले स्थानीय कला, संस्कृति, पेशा, व्यावसायका साथै उक्त क्षेत्रमा रहको उद्योगजन्य वस्तुको प्रदर्शनी मार्फत प्रचार प्रसार गरी समग्र देशको विकासमा विकासमा सहयोग पुर्याउने लक्ष्य राखेको बताए ।

अध्यक्ष चौधरीका अनुसार महोत्सवमा २ सय वटा व्यापारिक स्टलहरु रहने छन भने २ लाख बढि अवलोकनकर्ताहरु आउने लक्ष्य राखिको छ । महोत्सवमा आन्तरिक तथा बाहिर्य पर्यटक, उद्योगी, कृषक, व्यापारीहरुले अवलोकन गर्ने र करिब ५ करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । आयोजकले प्रवेश टिकटको रु ६० तथा विधार्थीका लागि सहुलियतमा रु ४० दर समेत तोकको छ ।

महोत्सवमा नेपालको ऐतिहासिक धरहराको प्रदर्शनीका साथै ऊटको नृत्य, विश्वको होचो व्यक्तिको प्रर्दशनी लगायतका मुख्य आकर्षक रहने बताइएको छ । महोत्सवमा ५ नं प्रदेशका स्थाीयहरुको संस्कृति भेषभुषाहरुको प्रदर्शनी, कृषी जन्य बस्तुहरुको प्रतियोगीतात्मक प्रदर्शन, प्रादेशिक स्तरको एकल गायन प्रतियोगीता, निशुल्क आँखा उपचार शिविर समेत रहने आयोजकले जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, कान्तिपुर दैनिकका कमल पन्थि, लगायतले महोत्सवको प्रभावकारीता, प्रचार प्रसारको समन्वयन, अवलोकनकर्ताको सहभागिता लगायतका विषयमा बोलेका थिए ।