नवलपरासी बस पल्टिदाँ १६ घाइतेः दुई गम्भिर घाइते

दुर्घनाको कारणः चालकको निन्द्रा

नवलपरासी । दाङबाट काठमाडौं जादैँ गरेको बस आज बिहान नवलपरासीमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार बस चालक चालक निदाएका कारण बस नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको हो ।

दाङबाट काठमाडौं जादैँ गरेको ना ६ ख ६२०१ नम्बरको बस कावासोतीको सितारा रिर्सोटको अगाडितर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाइते मध्ये १४ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भैहरेको छ भने दुई जना गम्भिर घाइतेको थप उपचारकालागि भरतपुर पठाइएको छ।