‘मेरो प्रस्ताव कन्टेनरमा फालियो, कम्पनी खोलेर विकास गर्छुः नेता वामदेव गौतम (अडियोसहित)

गौतमको खण्डनपछि अडियो सार्वजनिक

काठमाडौं । नेकपा नेता वामदेव गौतमले बुधबार  प्रकाशित अन्तर्वार्ताको खण्डन गरेका छन् ।

उनले सो अन्तर्वार्ता आफूले नदिएको दाबी गर्दै विज्ञप्ति जारी गरेपछि नयाँ पत्रिकाले अडियो नै सार्वजनिक गरेको छ ।

सो अडियो नयाँ पत्रिकाको अनलाइन संस्करण www.nayapatrikadaily.com र युट्युबमा सुन्न सकिन्छ । संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ ।

राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार प्रकाशित भएको थियो ।

पार्टी र सरकारबाट भूमिका नपाए पनि गैरनाफामूलक कम्पनी खडा गरेर विकास निर्माण अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको खुलासा उनले सो अन्तर्वार्तामा गरेका थिए ।

आफ्नो प्रस्ताव कन्टेनरमा फालिएको भन्दै असन्तुष्ट गौतमले अन्वार्तामा भनेका थिए– ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो, तर अब डेढ–दुई महिनामा सबै विषय खुलस्त हुन्छ । मैले किन र कस्तो भूमिका खोजेको हुँ भन्ने पनि प्रस्ट हुनेछ । तब यसअघि मलाई बदनाम गर्नेहरुले जिब्रो टोक्नेछन्, पश्चात्ताप गर्दै भुटभुटिनेछन्, चोटामा आएर लुटपुटिनेछन् ।’अडियो सुन्नुहोस्-

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।