नेपाललाई नयाँ हवाई रुट दिन चीन तयार: दुई देशबीच सम्बन्ध विकासमा जोड

दुई दिने आठौँ चीन महोत्सव सम्पन्न

काठमाडौ‌ं । नेपाललाई थप हवाइ रुट दिन चीन तयार भएको छ । चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ र नेपालका पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीबीच हिजो भएको भेटवार्तामा हवाई उडान सम्बन्धी त्यस्तो सहमती भएको हो ।

पर्यटन मन्त्री अधिकारीले आउँदो फेब्रुअरी महिनासम्म हवाइ उडान सुभारम्भ हुने गरी सहमति भएको जनाएका छन । चीनिया रुटले हवाई यातायातमा सहज हुने विश्वास गरिएको छ ।

चीनीया मन्त्री सुगाङसहितको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा दुई देशबीचको साँस्कृतिक विकासमा जोड दिदै सुदृढसुदृढ समम्बन्धमा जोड दिने विषयमा कुराकानी समेत भएको बताइएको छ ।

भेटका क्रममा संस्कृतिमन्त्री अधिकारीले सन् १९५५ मा कूतनीतिक सम्बन्ध स्थापना भएयता नेपाल चीन सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको र चीनले भूकम्पका बेला राहत प्रदान गर्नुका साथै पुनःनिर्माणमा सहयोग गरी नेपालीको मन जितेको उल्लेख गरे।

चीनका संस्कृतिमन्त्री लो सु काङले नेपाल र चीन नदी तथा पहाडले जोडिएको तथा चीनको एक क्षेत्र एक मार्ग (बिआरआई) अवधारणाले दुई देशिय सम्बन्ध झन् नजीक बनाउने विश्वास व्यक्त गरे ।

चीनलाई नेपालको दोस्रो ठूलो पर्यटकको स्रोत देश बताउँदै नेपालमा सन् २०१७ मा पर्यटक २५ प्रतिशतले वृद्धि भएको भेटवार्ताका क्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले बताइन् ।

चीनीया मन्त्री सुगाङसहितको प्रतिनिधिमण्डल आठौँ चीन महोत्सव–२०१८ लागि नेपाल आएको हो ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा उक्त दुईदिने महोत्सव सम्पन्न भएको छ ।