भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन: हेर्नुहोस्, मोदीले यस्तो भने

राजनीतिज्ञ तथा सामाजिक संगठनद्धारा शोक व्यक्त

भारत । आज भारतका संसदीय कार्य मन्त्री अनन्त कुमारको उपचारको क्रमकमा निधन भएको छ । मन्त्री अनन्त कुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको बताइएको छ ।

क्यान्सरबाट पीडित भएका मन्त्री अनन्त कुमार लामो समयदेखि उपचारका क्रममा रहेका थिए, उनको ५९ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनको खबरसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोकाकुल परिवारजनमा समवदना व्यक्त गरेका छन । प्रधानमन्त्री मोदीले ट्विटर मार्फत त्यस्तो समवेदना व्यक्त गरेका हुन ।

उनले भनेका छन–‘निधन हुनुभएका मित्र अनन्त कुमारको श्रीमती तेजस्विन जी, र सबै शोकाकुल परिवारजनमा यस दुखत क्षणलाई सहने शक्ति प्राप्त होस्, समवेदना व्यक्त गर्दछु । उहाँ मेरो नजिकको साथी, सहयोगीको रुपमा हुनुहुन्थ्यो ।’

अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री र सन् २०१६ मा संसदीय मामिला मन्त्री बनेका थिए । उनको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोबिन्द लगायत विभिन्न राजनीतिक दल, सामाजिक संघ संगठनहरुले दुःख व्यक्त गरेका छन्।