खेलमैत्री खेलकुद नीति बनाउँने प्रदेश मन्त्री साहको उद्घोष

जिल्ला स्तरिय कवडि प्रतियोगिताको उद्घाटन

धनुषा । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले खेलमैत्री खेलकुद नीतिमा आफुले ध्यान दिएको बताएका छन् ।

राधाकृष्ण युवा क्लब, गोविन्दपुर–सवैला, धनुषाद्वारा आयोजित जिल्ला स्तरिय कवडि प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री साहले त्यस्तो बताएका हुन् ।

केन्द्रीय खेलकुद नितिले एकल वर्गको पक्षपोषण गरेकोले देशको खेल क्षेत्र तहसनहस भएको उल्लेख गर्दै उनले भने–‘अब नयाँ सोचका साथ अगाडि बढ्नुपर्छ, प्रदेश नम्बर २ मा खेल क्षेत्रकुद नीति खेलमैत्री बनाउँनमा जोड दिन्छौ ।’

विगतमा मधेशका खेलाडीहरु अन्तर्राष्ट्रिय जगतमा चर्चा कमाउन सफल भएपनि पछिल्लो समयको केन्द्रीय खेलकुद नितिले मधेशलाई पाखा लगाएको मन्त्री साहले बताए ।