जीप दुर्घटनाबाट चालकको मृत्युः पाँच बर्षे बालिका गम्भिर घाइते

घाइतेलाई अस्पताल लगिदैँ

रुकुम । पश्चिम रुकुमको स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु १ ज २६६८ नम्बरको जीप दुर्घटना हुँदा एकको घटना स्थलमै मृत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार उक्त दुुर्घटनाबाट जीप चालकको मृत्यु भएको हो । मृतक चालक आठबीसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान बिक भएको प्रहरीले जनाएको छ ।

बिक ससुरालिमा जाँदै गर्दा बाँफिकोट गाउँपालिका–३ दहखोला नजिकै उक्त दुर्घटना भएको हो । दुर्घनाबाट मृतककी पाँच बर्षीया छोरी पार्वती बिक गम्भिर घाइते भएकी छन्, उनलाई उपचारका लागि जिल्ला अस्पतामा लग्ने प्रयास भैरहेको बताइएको छ ।

आज बुलुकी भएको उक्त जीप दुर्घटना के कसरी भयो भन्ने बारेमा सम्पूर्ण जानकारी अझै प्राप्त भएको छैन । दुर्घटना भएको जीप सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ ।