नेवारी समुदायमा लाखामरी र ऐठामरीको बढ्दो प्रयोगः लाखौंको व्यापार

तिहारपछि पनि व्यापार हुने

काठमाडौं । नेपालीहरुको महानपर्व तिहारसँगै काठमाडौं उपत्यकाका नेवारी समुदायबीच विशेष प्रचलनमा रहेको लाखामरी, योमरी, ऐठामरी लगायतका खाने कुराहरु बिक्रि वितरण बढेको छ।

नेवारी समुदायले चिसो मौषमसँग आउँने विभिन्न प्रकार चाडपर्वहरुमा यस्ता मिठार्यहरु बढी प्रयोग गर्ने गर्दछन । काठमाडौंमा तिहारमा भाई मसलाको साथ साथै यी मिठाईहरुको व्यापार अत्याधिक भएको पाइन्छ ।

ठूला स्विट हर्टदेखि सडक छेउछाउँका मिठाई पसलसम्म यसको बिक्रि हुने गरेको पाइन्छ । भाई मसला तिहारसम्म मात्र प्रयोग गरिने भएपनि नेवारी समुदायले प्रयोग गर्ने यी मिठाईहरु भने मंसिर पूर्णिमासम्म विशेष रुपमा प्रयोग गर्ने परम्परा रहेकाले बजारमा यसको बिक्रि बढी भएको बताइन्छ ।

ध्यू, चिनी, मसला राखेर तेलमा पकाइएको लाखामरी अहिले बजारमा प्रतिगोटाको एकसय रुपैंयासम्म पर्छ । लगनखेलको प्रयाग पोखरी स्थित नेवारी पसलका साहुजीका अनुसार यी मिठाईहरु तिहारको केहीदिन पछिसम्म पनि राम्रो बिक्रि हुने गर्दछन् ।

पसलेले भने–‘लाखामरी मिठाईहरु हरेक पसलमा आजभोली एक दिनमा तीन सयदेखि एक हजार गोटासम्म बिक्रि हुने गर्दछ । आजभोलि ग्राहकको ध्यान लाखामरी तर्फ बढेको छ, राम्रो व्यापार भै रहेको छ ।’

ति पसलले यी मिठाई बेचेर चार दिनमा चार लाख कमाएको समेत हामीलाई सुनाए । चितलाङ्गकी अर्की मिठाई पसलकी साहुनी मिठुमायाले तिहारमा लाखामरी,रसवरी,योमरी लगायतका मिठाईहरु राम्रो बिक्रि भएको बताइन । उनले सिजन व्यापार भएपनि यसको नाफाबाट जीवीका चलाउन सहज भएको भनिन् ।

नेवारी परम्परा अनुसार यस्ता मिठाईहरु तिहारको अवसरमा घरमा आउँने आफ्न्तजनलाई ख्वाएर स्वागत गरिन्छ । लाखामरी तेलमा पकाइने एक प्रकारको मिठाई हो, त्यसमा ध्यूँ, चिनि, महँ लगाएत मिसाइएको हुन्छ र त्यो महिनौंसम्म राख्दा पनि नबिग्रने हुन्छ ।

त्यसैगरी योमरी हेर्दा समोसा आकृतिको हुन्छ र यो पनि तेलमै पकाइने एक प्रकारको खाने कुरा हो, जुन विभिन्न स्वादमा तयार पारिन्छ ।

यसलाई केही दिनसम्म मात्र प्रयोग गर्न सकिन्छ । यो प्राय नेवारी समुदायबीच मनाईने ‘योमरीपुन्ये’ (गोठपूजा, मसिंर पूर्णिमा) दिन विशेष रुपमा खाने चलन भएपनि दशैं, तिहारमा पनि प्रयाग गर्ने गरिन्छ ।

त्यसैगरी ऐठामरी पनि तेलमा तयार गरिने एक प्रकारको गुलियो मिठाई हो । यसलाई पनि महिनौसम्म राखेर प्रयोग गर्न सकिन्छ । यसको प्रयोग नेवारी समूदायका विभिन्न पर्वहरुमा हुने गर्दछ ।