हिमाली च्याङ्ग्राः यस पटकको तिहारमा मासुका लागि उभभोक्ताको माग (भिडियोसहित)

एकै दिनमा लाखौंको व्यापार

काठमाडौं । काठमाण्डौं उपत्यकामा तिहारको रौनकता फैलिएको छ । मानिसहरु भाईटिकाको अन्तिम तयारीमा जुटिरहेका छन । अन्य सामानहरुका साथै माछा मासुको व्यवस्थापनमा समेत उनीहरु जुटेका देखिन्छन ।

विगतका वर्षहरुको तुलनामा यस पटक उपत्ययकाभित्र मासुको लागि हिमाली च्याङ्ग्राको माग अत्याधिक बढेको छ । मानिसहरु खसी, बाख्रा, कुखुरा वा मासुका अन्य श्रोतहरुको भन्दा यस पटक हिमाली च्याङ्ग्रा खाने लहरमा धेरै देखिएका छन् ।

यसरी च्याङ्ग्राको मासु प्रति उपभोक्ताको आकर्षण बढेपछि च्याङ्ग्राको व्यापार पनि मालामाल भैरहेको त्यस पेशामा रहेकाहरु बताउँछन । तिहारको लागि हिमाली क्षेत्र मनाङ्, मुस्ताङ्बाट च्याङ्ग्रा खरिद गरेर काठमाडौंमा बेच्ने व्यापारीहरुले केही दिनमै लाखौं आम्दानी गर्ने गरेको बताए ।

नुवाकोट स्थायी घर भएका च्याङ्ग्रा व्यापारी बकुराम सुवेदीले यस पटक खरिख गरेर ल्याएका ३०० च्याङ्ग्रा मध्ये केही मात्र बिक्रि हुन बाँकी रहेको बताए । उनले विगतका बर्षहरुको तुलनमा च्याङ्ग्राको मासु रुचाउँने उपभोक्ताहरु बढेको अनुभव सुनाए ।

सुवेदीले यस पटक तिहारको सिजनमा सबै खर्च कटाएर दुई तीन लाख जति फाईदा भएको समेत बताए । उनका अनुसार अहिले ज्यूजो च्याङ्ग्राको प्रति केजी रु सात सय पचासका दरले बिक्रिा वितरण भैरहेको छ ।

उनले आफुले ४६ केजीसम्मको (एउटै) च्याङ्ग्रा बिक्रि गरेको समेत बताए । अतः तौल अनुसार एउटै च्याङ्ग्रााको मूल्य चाँैत्तिस हजार पाँच सयसम्म पर्ने देखिन्छ ।

त्यसैगरी सोलुखुम्बुका अर्का च्याङ्ग्रा व्यापारी राजु कोइराला पनि विगतका वर्षहरुको भन्दा यस पटकको तिहारमा मासुका लागि च्याङ्ग्रा खोज्ने उपभोक्ताहरु बढेको बताउँछन ।

उनले यस पटक ९०० च्याङ्ग्रा खरिद गरेर ल्याएका थिए, अब केही मात्र बाँकी रहको उनी बताउँछन ।

उनले भने–‘विगतका वर्षहरुमा च्याङ्ग्रा सबै बिक्रि नहुँदा झमेला हुने गर्दथ्यो तर यो पटक भने अपुग हुने देखियो, दैनिक ३० ३५ वटासम्म च्याङ्ग्रा बिक्रि हुने गरेको उनले सुनाए ।

यस पटक व्यापारबाट तीन लाखको हाराहारीमा फाईदा भएको भन्दै उनले भने–‘यो सिजन व्यापार हो, तर यस पटक काठमाडौंमा च्याङ्ग्राको माग भने विगतका वर्षहरुको तुलनामा बढेको छ । मैले विगत चार बर्षदेखि निरन्तर यहि काम गर्दै आएको छु ।’

च्याङ्ग्राको मासुमा मानिसहरुको आकर्षीत किन बढेको होलान भन्ने प्रश्नमा कोइराला भन्छन–‘मानिसहरुमा नेपालको प्राकृतिक सम्पदा, जडिबुटि र हिमाली औषधी जन्य विभिन्न बोट विरुवा, स्वाच्छ हावापानीको विषयमा चेतना बढ्दै गएकाले हिमाली च्याङ्ग्राको मासु प्रति आकर्षण बढेको हो भन्ने लाग्छ । हिमाली च्याङ्ग्राले ति सबै जडिबुटी खाएर हुर्केको हुनाले त्यसबाट मानव शरिरको लागि आवश्यक प्रौष्टिक तत्वको उपलब्धता हुन्छ भन्ने मानिसले बुझ्दै गएकाले च्याङ्ग्राको माग बढेको होला ।’

उनले भाईटिकाको साँझसम्म च्याङ्ग्रा बिक्रि हुने बताए । उनका अनुसार काठमाडौंमा च्याङ्ग्राको व्यापार गर्नेहरु मध्ये अधिकांश खरिद गरेर नै ल्याउने गर्दछन । त्यस मध्ये केही मानिसहरु भने आफैले घरमा पालेको च्याङ्ग्रा बिक्रिको लागि ल्याउने गर्दछन् ।

त्यस्तै यस पटकको तिहारमा च्याङ्ग्रा मासु खाने योजना बनाएका दिनेश कार्कीले पनि च्याङ्ग्राहरु हिमाली जडिबुटि खाएर हुर्केको हुनाले त्यसको मासु हामइजनि हुने भएकाले आफु च्याङ्ग्राको खरिदका लागि आएको बताए ।

गोदावरी नगरपालिका–१, गोदामचौरका कार्कीले यस पटक दुई वटा च्याङ्ग्रा लिएर घर परिवार आफ्न्तजनसँग रमाएर तिहार मनाउँने योजना रहेको समेत सुनाए ।

उनले मूल्यमा केही महंगो भएता पनि च्याङ्ग्राको मासु पौष्टिकताका हिसाबले धेरै उत्तम भएको समेत बताए ।