आज नेवार समुदायको नयाँ वर्ष अर्थात नेपाल संवत् ११३९ः म्हः पूजासमेत आजै

देशभर विविध कार्यक्रम गरीदैँ

काठमाडौं । आज नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने नेपाल संवत् पर्व देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेवारी पात्रो अनुसार आजबाट नयाँ वर्ष अर्थात नेपाल संवत् ११३९ शुरु भएको मानिन्छ ।

नेपाल संवत् ११३८ को आजबाट अन्त्य भएको र नयाँ वर्षको शुरु भएको दिनका रुपमा आज नेवार समुदायमा यो पर्व मनाउने प्रचलन रहेको छ । नेपाल संवतलाई वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना सँगै राष्ट्रिय मान्यता दिइएको हो ।

नेपाल संवत पर्वलाई काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत देशका विभिन्न स्थानमा रहेका नेवार समुदायहरुले मनाउने गर्दछन् ।

त्यसैगरी आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गर्ने परम्परा रहेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन (आज) नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व भब्य रुपमा मनाउने गर्दछन् ।

विसं ९३७ तथा इसं ८८०० मा राष्टिय विभूति शङ्खधर साख्वाले गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको भएपनि पृथ्वीनारायण शाहको शासनकालदेखि मात्र यस पर्वले राष्ट्रिय संवतको मान्यता पाएको थियो ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु गरिए पनि त्यसको मौलिक संवतका रुपमा भने पृथ्वीनारायण शाहको शासनकालसम्म भएको हो ।

लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो भनेर त्यतिबेला पृथ्वीनारायण शाहले भनेको पाइन्छ ।