मुलुकको सखृद्धीका लागि नयाँ संरचना अनुरूप कर्मचारीको सहयोग आवश्यकः प्रचण्ड

भन्छन–‘सङ्घीय गणतन्त्रलाई बलियो बनाऔं’

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा बदलिएको नयाँ संरचना अनुरूप सरकारलाई कर्मचारीहरुबाट सहयोग चाहिने बताएका छन् ।

आज पोखरामा प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन ।

उनले संविधानको सफल कार्यान्वयन र मुलुकको समृद्धिका लागि सरकारले लिएको कार्यभारमा सबै तहका कर्मचारीको अहम भूमिका हुने बताए । उनले भने–‘तीनवटै सरकार प्रतिबद्ध भएर मुलुकको सवृद्धीमा लागेको छ, कर्मचारीबाट त्यसमा पूर्ण सहयोग भए सफल हुन्छौ ।’

उनले अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तन भएसँगै पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइने गरेको भन्दै भने–‘नयाँ प्रणालीलाई आत्मसात् गर्ने कर्मचारी ल्याउँछौ, नयाँ संरचना अनुरूप सरकारलाई सहयोग गरी सङ्घीय गणतन्त्रलाई बलियो बनाउनु हाम्रो दायित्व हो ।’

चण्डले प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित मन्दै भने–‘सङ्घीयतालाई सफल र प्रभावकारी बनाउन सबैको सहयोग, सहकार्य अपरिहार्य छ । सरकार जनताले अनुभूति गर्ने गरी काम गर्न लागेको छ ।’