इलाममा नातिले गरे ६५ बर्षे वृद्ध हजुरबुबाको हत्या

अभियुक्त राई प्रहरी नियन्त्रणमा

इलाम। इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ ।

उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्न भई हाफ्नै हजुरबुबाको हत्या गर्ने राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ । (रासस)