जन्मोत्सवमा पत्रकार पुनको घोषणाः ‘प्रत्यक वडामा एक पत्रकार अभियान’ सञ्चालन

यूथ टुडे पत्रिकाको अनलाइन संस्करणमा ल्याउने तयारी

बाँके । बाँकेमा रहेर सक्रिय पत्रकारीता गरिरहेकी डोलमाया पुनले आफ्नो जन्मदिन फरक रुपमा मनाएकी छन् ।

यूथ टुडे पत्रिको प्रबन्ध सम्पादक समेत रहेकी पत्रकार पुनले जन्मेत्सवको केक काट्ने कार्यक्रमका बीचमा प्रत्येक वडामा पत्रकार अभियानको चलाउने घोषणा गरिन ।

फुल्टेक्रा स्थित पत्रिकाको कार्यालयमा आज जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाज रूपान्तरणका लागि पहिले नागरिकको सोचाइ र प्रवृत्तिमा सुधार हुनु अनिवार्य रहेको बताउँदै विकास पत्रकारिताको ध्यान त्यता केन्द्रित गर्न सकेमा समाज रूपान्तरणमा सघाउ पुग्ने धारणा राखिन ।

उनले भनिन–‘यूथ टुडेलाई अब गाँउपालिकासंग जोडने अभियानमा लाग्छौ, जिल्लाको सबै भन्दा विकट मानिएको नरैनापुर गाँउपालिका, राप्तीसोनारी र डुडुवा गाँउपालिकालाई लक्षित गरी पत्रिकाको उक्त अभियान सञ्चालन गछौं । हामी प्रत्यक वडामा पत्रकार अभियान नै चलाउँछौ ।’

उनले प्रत्येक वडामा एक पत्रकार भन्ने नाराका साथ यूथ टुडेले आफनो अभियान मंसिर महिनाको पहिलो साताबाट सुरु गर्न लागेको बताइन् ।

पत्रिकाका प्रकाशक आलम खानले डोलमायालाई जन्म दिनको शुभकामना दिदै पत्रिकालाई ग्रामीण तहसम्म पुर्याउन प्रबन्ध सम्पादकको भूमिका महात्वपूर्ण हुने भएकोले जिम्मेवार भएर लाग्न सुझाव दिएका थिए ।

उनले यूथ टुडेलाई साप्ताहिकबाट दैनिक र अनलाईन संस्करणमा ल्याउने तयारी समेत गरिरहेको बताए ।

जन्मोत्सव कार्यक्रममा पत्रिकाका समाचार प्रमुख, संवाददताहरु, कर्मचारी र अन्य अतिथिहरुको समेत सहभागिता रहेको थियो ।