पत्रकार हुमागाईको इच्छुक प्रतिष्ठानमा भोली श्रद्धाञ्जली कार्यक्रम

पत्रकार, साहित्यकारहरुलाई आमन्त्रण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध विभिन्न संगठनहरुको संयुक्त आयोजनामा बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईको सझ्नामा भोली श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम दिउँस १२ बजे मैतिदेवी स्थित इच्छुक प्रतिष्ठानको हलमा गरिने भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, इच्छुक प्रतिष्ठान र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त आयोजनामा उक्त श्रद्धाञ्जली कार्यक्रम गरिन लागेको हो ।

पत्रकार हुमागाईं क्रान्तिकारी माओवादी काठमाडौंका सदस्य, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार तथा काठमाडौं जिल्ला संयोजक समेत रहेका थिए । उनको यहिँ कार्तिक ४ गते उपचारको क्रममा ललितपुर स्थित केयर सेन्टरमा निधन भएको थियो ।

६५ बर्षे हुमागाईले विगत चार दशकदेखि निरन्तर जनपक्षीय पत्रकारिता गर्दै आएका थिए । उनले पत्रकारीता मार्फत समाजको आमूल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका हुमागाईं नेपालभूमि साप्ताहिकका संस्थापक सम्पादक, वर्गदृष्टि साप्ताहिकका स्तम्भकार तथा साहित्यकार समेत हुन ।

पत्रकार हुमागाईको श्रद्धाञ्जली कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’, स्थायी समिति सदस्य रामसिंह श्रीस लगायत नेताहरुको उपस्थिति रहने जनाइएको छ ।

आयोजकले पत्रकार, साहित्यकार लगायतका सम्बन्धीत संस्थाका प्रतिनिधिहरुलाई र पार्टीका सुभेच्छुक, समर्थकहरुलाई उक्त कार्यक्रममा आमन्त्रण समेत गरेको छ ।