मकवानपुरमा नेपाल एयरहोस्टेसको छैटौं व्याचको ‘ग्रेजुएशन’ कार्यक्रम सम्पन्न

अध्यक्ष वन्तको तालिका लागि राम्रो संस्था छान्न सुझाव

मकवानपुर । नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित छैटौं व्याचको ‘ग्रेजुएशन’ कार्यक्रम एयर होस्टेस तालिम मकवानपुरमा सम्पन्न भएको छ ।

मकवानपुरको ‘टिस्टुङको ओ अध्याय रिसोर्ट’मा सम्पन्न उक्त कार्यक्रममा १८ जना तालिम लिएका युवायुवतीहरुलाई एयरहोस्टेस एकाडमीमा अध्यापनरत शिक्षकहरु नितामनि सिंह ठकुरी, वलराम ठकुरी र सरोजा केसीले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

नेपाल एयर होस्टेस एकाडमीले दश जोड दुइ पास गरेका वा परिक्षा दिएर वसेका कम्तिमा ५ फिट ३ इन्च उचाइ भएका केटी र ५ फिट ७ इन्च उचाइ भएका केटाहरुलाई अन्तराष्ट्रिय स्तरको ४ महिने एयर होस्टेस तालिम दिदै आइरहेको उक्त संस्थाका अध्यक्ष प्रदीपराज वन्तले हरपल नेपाललाई बताएका छन् ।

तालिम लिन चाहने सम्पूर्ण वर्गलाई ध्यान राखेर न्यूनतम शूल्क लिई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको विज्ञ प्रशिक्षकहरुबाट ट्रेनिङ प्रदान गरिरहेको संस्थाको भनाई छ ।

संस्थाका अध्यक्ष वन्तले भने–‘हाल नेपाल एयरहोस्टेस एकाडमी कमलादीमा तालिम लिइसकेका सयौं युवायुवतीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई कंपनीहरुमा रोजगार गरिरहेका छन । हामी तालिमका साथै रोजगारको अवसर समेत जुटाउने प्रयत्न गछौं ।’

हाल नेपाल लगायत अन्य मुलुकहरुमा एयर होस्टेसका माग वढ्दो रहेकाले देशैभरिका युवायुवीहरुको रुचीको विषय बनेको पाइन्छ, साथै विगतको तुलनामा तालिम लिनेको संख्या पनि उल्लेख्यमात्रामा बढ्दै गएको छ भने तालिम दिने संस्थाहरु पनि दिनानु दिन खुल्दै गएको छ, यस्तो अवस्थामा कुन संस्थाले राम्रो दिन सक्छ ? भन्ने बुझ्नु आवश्यक रहेको अध्यक्ष वन्तको तालिम लिन चाहनेहरुलाई सुझाव समेत रहेको छ ।