कतारमा राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना

बलद्ना फुड इन्डष्ट्रिजको अवलोकन

काठमाडौं । कतार । राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छिन्। कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा सोमबार रात्रिभोजको आयोजना गरेका हुन्।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी र राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा‍. भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सरिक छन ।

यसअघि राष्ट्रपति भण्डारीले दोहास्थित बलद्ना फुड इन्डष्ट्रिजको अवलोकन गरिन्। मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार कतार पुगेकी हुन्। रासस