भिडियोमा हेर्नुहोस्, क्रान्तिकारी माओवादीको प्रशिक्षक/प्रशिक्षणः १७ गतेसम्म सञ्चालन हुने

अगुवा नेताहरुको सहभागिता

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय स्कुलिङ विभागले आजबाट प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेको छ । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा पार्टी महासचिव मोहन बैद्य किरणले आज प्रशिक्षक प्रशिक्षण कार्यक्रको उद्घाटन गरेका हुन् ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव किरणले देशैभरीका नेता, कार्यकर्ताहरुको विचारिक स्तरमा तिखार ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । किरणले हतियार न्यायका लागि वैचारिक स्तरबाट उठ्ने र त्यसको तयारीमा पार्टी लागेको समेत बताए ।

आजबाट शुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम १७ गतेसम्म चल्ने बताइएको छ । कार्यक्रममा देशभरका अगुवा नेताहरुको सहभागिता रहेको छ । कार्यक्रम हरेक बिहान ८ बजेबाटा साँझसम्म सञ्चालन हुने र सहभागिहरुलाई खानपान र बसाईको व्यवस्था पनि कार्यालयमै गरिएको बताइएको छ ।

पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग प्रमुख परी थापाको सभापतित्वमा शुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा प्रशिक्षण विभागका संयोजक हस्त बहादुर केसीले गरेका थिए । कार्यक्रमको विस्तृत जानकारीको लागि भिडियोमा हेर्नुहोस्

LOADING...