बारामा ६५ बर्षीय बृद्धको घाँटी रेटी हत्या

अनुसन्धान जारी

बारा । बारामा शनिबार राति एक ६५ बर्षीय वृद्धको घाँटी रेटी हत्या भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२३ कोइरी टोलका नन्दलाल राउत कुर्मी रहेका छन् ।

शनिबार राति एक वृद्धको घाँटी रेटी हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले राउतको घर नजिकैको आँपको बोटमुनि मृत अवस्थामा फेला परेको जनाएको छ । मृतक राउत श्रीमतीसहित गोठमा बस्दै आएका थिए ।

प्रहरीले घटना कस्ले र के कति कारणले गरेको हो भन्ने अहिले नै खुल्न नसकेको बताउँदै त्यसको गम्भिर अनुसन्धान सुरु गरिएको जनाएको छ । अहिलेसम्म प्रहरीले घटनाको यथार्थ विवरण नआएको बताउँदै आएको छ ।