आज भाकपाका महासचिव यचुरी काठमाडौं आउँदै

राजनीति दलका नेताहरुसँग भेट गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार (आज) काठमाडौं आउँदै छन्।

यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट बताइएको छ ।

नेता यचुरीले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने जनाएएको छ, उनले राजनीतिक दलका नेताहरुसँगको भेटघाट समेत गर्ने कार्यसूचि रहेको बताइएको छ। रासस