हेर्नुहोस्, हैकमवादी प्रवृति नरोके नेपालबाट भारतीय च्यानल र गाडी बन्द गर्ने माओवादीले दियो यस्तो चुनौती

भारतले सीमामा नेपाली मिडिया अवरोध गर्रे प्रतिरोध गर्ने

काठमाडौं । भारतले नेपाली स्वतन्त्रता र सार्वभौमिकतामाथी पटक पटक हैकमवाद लाद्न खोजेको भन्दै माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले त्यसको कडा रुपमा विरोध गरेको छ ।

जनमुक्ति सेना पार्टीका अध्यक्ष रञ्जित गुरुङले गत मंगलबार (२०७५ कार्तिक ६ गते) एक विज्ञप्ती सार्वजनीक गर्दै भारतीय पक्षबाट तराईका जिल्लाहरुमा बज्ने नेपाली मिडियाहरुमा अवरोध गर्ने भन्दै आएको धम्की प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।

अध्यक्ष गुरुङले भनेका छन–‘नेपालका रेडियोहरुले भारत विरोधी समाचारहरु फैलाएको भन्दै त्यसलाई अवरोध धम्की दिएको छ, यसमा हामी कडा विरोध जनाउन चाहन्छौ । भारतलाई नेपाली स्वतन्त्रता माथी आफ्नो हैकमवादी चरित्र देखाउन सचेत गराउँदछौ ।’

उक्त विज्ञप्तीमा भनिएको छ–‘नेपालमा भारतीय मिडियाहरुको एकाधिकारले नेपालको संस्कृति माथी नै खलबल पुर्याएको छ, सत्य तथ्य पनि बोल्न नपाउने एउटा सार्वभौमिक देशमाथी पटक पटक भारतले हैकमवादी प्रवृति देखाउँदै आएको छ, यो हामीलाई सह्य हुनेवाला छैन ।’

उसले भारतलाई त्यो कदम रोक्न चेतावनी दिदै भनेका छन–‘नेपाली सञ्चारमाध्यममाथी अवरोध गरेमा नेपालमा रहेका सबै भारतीय सञ्चारमाध्यम, च्यानलहरु तथा भारतीय नम्बर प्लेटका सबै गाडीहरु बन्द गरिने छ ।’

केही दिन पहिले भारतीय मिडिया हिन्दूस्तान नेटवर्क लगायतका सञ्चार माध्यमहरुमा सीमा क्षेत्रमा बज्ने नेपाली मिडियाहरुले माओवादी आन्दोलन सम्बन्धित विषय वस्तु बढि बजाएको र त्यसले भारत विरोधी भावना बढाएको भन्दै भारतले त्यहाँ बज्ने नेपाली एफ.एम. रेडियो र अखबारहरुमा रोक लगाउने तयारी गरेको समाचार आएको थियो । र, यो पनि हेर्नुहोस्