आर्सनलले प्रिमियर लिगमा लेस्टर सिटीलाई ३–१ ले हरायो

आर्सनल अंक तालिकाको चौथो स्थानमा

आर्सनल । आर्सनल आफ्नै खेल मैदानमा सोमबार राति भएको लेस्टर सिटीसँगको खेलमा २ गोलको अग्रता सहित विजयी भएको छ।

इङ्गलिस प्रिमियर लिग अन्तर्गतको फुटबल खेलमा आर्सनलले लेष्टर सिटीलाई ३–१ ले हराएको हो।

आर्सनल खेल टोलीका पिएरे एमरिक औबामायङ्गले दुई गोल गर्दा अर्का खेलाडी मेसुत ओजिलले एक गोल थपेका थिए । आर्सनलकै हेक्टर बेलरिनले एक आत्माघाति गोल गरे।

नौ खेलबाट २१ अंक जोडेको आर्सनल फेरी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको चेल्सी र पाँचौ स्थानको टोटनह्याम हट्सपरको पनि २१–२१ अंक नैं रहेको छ।

म्यान्चेस्टर सिटी र लिभरपूलले आर्सनल प्रिमियर लिगमा २३ अंक जोडेदैं क्रमशः पहिलो र दोस्रो स्थानमा प्राप्त गरेका छन्। एजेन्सी