नयाँ बर्षमा हिरो न. १ ल्याउने जय किशनले गरे घोषणा

फिल्मको छायांकन केहि दिनमै शुरु हुने

काठमाण्डौं । नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै परिचय बनाउन सफल एक लोकप्रिय कलाकारले नयाँ वर्ष २०७६ कको अवसरमा नेपाली दर्शकहरुलाई नयाँ कथा शैलीमा निर्मित चलचित्र ल्याउने बताएका छन् ।

लामो समयदेखि नेपाली चलचित्रको पर्दामा अभिनय तथा निर्माताको भुमिकामा देखिदै आएका जय किशन बस्नेतले नेपाली दर्शकहरुलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

चलचित्र अभिनेता तथा निर्माता बस्नेतले आफुले दशैं सकिनासाथ उक्त नयाँ फिल्मको छायांकनको काम सुरु गर्ने बताएका छन् । उनले नयाँ बन्ने चलचित्रको नाम हिरो नम्बर १ रहने भन्दै घोषणा समेत गरेका छन् ।

मल्टिप्लेक्स हलको योजनामा निर्माण हुन लागेको चलचित्र हिरो नं १ आगामी नयाँ वर्ष २०७६ को अवसर पारेर प्रदर्शनमा ल्याईने बताइएको छ ।

चलचित्रको नाम सार्वजनिक गरेपनि बस्नेतले अहिलेसम्म उक्त चलचित्रको लागि कलाकारको नाम भने सार्वजनिक गरेका छैनन्, यद्यपी उक्त चलचित्रमा उनी बस्नेत कलाकारको भूमिकामा पनि देखिन सक्ने बुझिएको छ ।

उक्त चलचित्रमा टंक बुढाथोकीको संगीत, एन.बि. महर्जनको द्वन्द, जीवन श्रेष्ठको छायांकन, शिव बिकको नृत्य तथा लेखन र निर्माण जय किशन बस्नेत स्वयमको रहने छ । फिल्म जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको हो ।