हेर्नुहोस्, यस्तो सुनसान छन्, काठमाण्डौंका सडकहरुः दशैं मान्न २१ लाख मानिस बाहिरिए

दुई दिनदेखि घट्यो चहलपहल

काठमाडौं । हिन्दुहरुको साँकृतिक पर्व दशैंको अवसरमा विभिन्न कामको उद्देश्यले काठमाण्डौंमा रहेका मानिसहरु घर फर्किने क्रम जारी रहेको छ । सधैं ब्यस्त रहने काठमाण्डौंका सडक अनि बजार, गल्लीहरुमा अहिले सुनसान देखिन्छ ।

दशैंको लागि विगत चार दिनदेखि अत्याधिक मानिसहरु उपत्यका बाहिर जाने क्रम बढेको भन्दै महानगरीय ट्राफिक महाशाखाले २१ लाख बढी मानिसहरुले उपत्यका छाडि सकेको र केही अझै बाहिरिने तयारीमा रहेको जनाएको छ ।

महाशाखाका अनुसार स्थलमार्गबाट मात्रै २२ लाख यात्रु उपत्यकका बाहिरिएको छन । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौं आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण बुधबार पनि काठमाडौँबाट बाहिरिँदै गरेको जनाएको छ।

दशैभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने अनुमान गरिएको छ । काठमाडौँबाट धेरै मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् । बाँकी भिडियोमा हेर्नुहोस्