धातु मिसावट गरी सर्वसाधरण ठग्ने बर्दियाका १२ सुन व्यवसायी पक्राउ

कालोबजार तथा सामाजीक अपराधको सजाय

बर्दिया । बर्दियाका १२ जना सुन व्यवसायलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले पक्राउ गरेको छ ।

उपोभोक्ताहरुको हितका लागि बर्दियाका विभिन्न स्थानीय तहमा संचालनमा आएका सुन पसलमा गरिएको अनुगमनबाट संकलनगरिएका सुनका नमूनामा ८ प्रतिशत अन्य धातु मिसावट भएको पाईएकोले ह उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

आईतवार जिल्ला प्रशासन कार्यालय बर्दियामा पत्रकार सम्मेलन गरी त्यो विषयमा जानकारी गराइको थियो ।

प्रशासनले गुलरिया नगरपालिकाबाट विजयलक्ष्मी सुनार, सन्तोषी सोनी र इश्वरकुमार विश्वकर्मालाई पक्राउ गरेको छ।

त्यसैगरी बाँसगढी नगरपालिकाबाट यमलाल बिश्वकर्मा, ईन्द्रकुमार सुनार, सिता सुनार, त्रिभुवन सुवर्णकार शिवकुमार सुनार र राजापुर नगरपालिकाबाट कबिराम बिक, भगवान शरण सोनी, प्रशुराम सुनार, निमप्रकाश सुनारलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्बाङले वताएका छन ।

उनीहरुलाई कालोबजार तथा सामाजीक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाहीको लागि पक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कुरुङ्बाङले बताए ।

कालोबजारी ऐन अनुसार ९ महिना कैद वा २ लाख जरिवाना वा दुवै सजाय हुनसक्ने प्रशासनले जनाएको छ ।