२१ सदस्यीय शुभ जन्मोत्सव नागरिक मूल समारोह समिति गठन

नेपालगन्ज । बाँके यसवर्ष धुमधामका साथ पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाइने भएको छ ।

जन्मोत्सवलाई भब्य बनाउनका लागि नेपालगन्जमा २१ सदस्यीय शुभ जन्मोत्सव नागरिक मूल समारोह समिति शनिबार गठन गरिएको छ ।

त्यसको अध्यक्षमा भुवनकृष्णा श्रेष्ठ, उपाध्यक्षद्वय विपिन श्रेष्ठ, सूर्य खत्री, महासचिवमा भिमबहादुर शाही, सहसचिवमा अशोक थापा रहेका छन् भने कोषाध्यक्षमा भरतध्वज शाही रहेका छन् ।

त्यसैगरी, सदस्यहरुमा दुर्गराज शाही, भूमि खत्री, टोपबहादुर वली, सुदर्शन देवकोटा, मधु दाहाल, भेजराज चौलागाई, बिन्दु चर्तीमगर, बिक्रमलाल श्रेष्ठ, जठुना श्रेष्ठ, बिनिता मल्ल, घमनसिंह बस्नेत, तारकसिंह थारु, शशिप्रकाश शाही, स्मीता यादव, भुमण्डलप्रकाश श्रेष्ठ रहेका छन् ।

त्यसैगरी मूल नागरिक समारोह समितिको वरिष्ठ सल्लाहकारमा ददीराम के.सी. रहेका छन् भने सल्लाहकारहरुमा शोमबहादुर बस्नेत, दीपकबहादुर सिंह, रमेश अर्याल, रामचन्द्र घिमिरे र लछिरुप शाही लगायत रहेका छन् ।