उपप्रमुख सहितको टोलीद्वारा बिभिन्न बडाहरुमा अनुगमन

नेपालगन्ज । नेपालगन्जको विभिन्न वडाहरुमा उपमहानगरपालिका उपप्रमुख सहितको संयुक्त टोलीले शनिवार अनुगमन गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना,युनीसेफको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत बालश्रम न्यूनीकरण तथा बालसंरक्षण कार्यक्रम अन्तरगत सो अनुगमन गरिएको हो ।

अनुगमन कार्यक्रम अन्तरगत वडा नं. १०, ११, १२, १६ र १७ मा श्रमिक परिवारहरुले सञ्चालन गरि रहेको ब्यवसायको संयुक्त अनुगमन गरेका थिए ।

न्यून आर्थिक अवस्था भएका श्रमिक बालबालिकाका परिवारहरुको आय स्तरमा बृद्धी गर्ने उद्धेश्यले उनीहरुलाई ब्यवसाय सञ्चालनका लागि किराना सामाग्री,बाख्रा पालन र सिलाई कटाई मेसिन समेत प्रदान गरिएको थियो ।

अनुगमनका क्रममा सहयोग प्राप्त गरेपछि आय स्तरमा बृद्धी भएको वडा नं. १२ की श्रमिक बच्चाकी अभिभावक शुक माया चिडीमारले अनुगमनको क्रममा बताईन् ।