बर्दघाट नगरपालिका : कसैलाई स्थानीय भत्ता, कसैले चारमहिनादेखि तलब पाएनन्

बर्दघाट . नवलपरासीको बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुले ४ महिनादेखि तलब पाएका छैनन् । नगरपालिकाको स्वास्थ्य शाखा अन्तरगत बिभिन्न

Exif_JPEG_420

कार्यालयका २५ जना निजामति सेवाका कर्मचारीहरु ४ महिनादेखि तलबबाट बञ्चित भएका हुन् । नगरपालिकाको स्वास्थ्य शाखा अन्तरगत हेल्थपोष्ट र नगरस्वास्थ्यका कर्मचारीले तलब पाएका छैनन । तर स्वास्थ्य शाखाकै करारमा कार्यरत कर्मचारीले भने तलब पाएका छन् । उता सोही कार्यालयको प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुले तलबको अतिरिक्त भत्ता खुवाउदै आइएको छ । नगरपालिकाको प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुले मासिक तलबका साथै स्थानीय भत्ता बैठक भत्ता र खाजा भत्ता बुझ्दै आएका छन् । नियमानुसार सो भत्ता दिन नमिल्ने बताइएको छ । एउटै कार्यालयमा कार्यरत भएर पनि बिषयगत शाखाका कर्मचतारीहरुलाई तलब भत्तामा समेत बिभेद हुदै आएको बताइएको छ । यस अघि भत्तामा बिभेद भएको भन्दै स्थानीय भत्ता पाए सबैले पाउनुपर्ने नपाए कसैलाई पनि दिन नहुने भन्दै बिषयगत शाखामा कार्यरत ८ जना कर्मचारीले नगरप्रमुख समक्ष निवेदन समेत दिएका थिए । तर सो निवेदनको कुनै सुनुवाई भएको छैन । यस सम्बन्धमा बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले स्वास्थ्य मन्त्रालयले बजेट नपठाउदाँ स्वास्थ्य शाखाका कर्मचारीहरुलाई ४ महिनाको तलब दिन नसकेको बताए । शुरुमै रकम पठाउदां एक चौमासिक कम पठाएका कारण समस्या भएको उनको भनाई थियो । यसै साता भित्र स्वास्थ्य शाखाका कर्मचारीलाई तलब उपलब्ध गराउने गरी मन्त्रालयमा पहल गरिएको नगरप्रमुख शर्माले जानकारी दिए । प्रशासनिक क्षेत्रका कर्मचारीहरुलाई दिइदै आएको स्थानीयलगायतको भत्ता भने दिन नमिल्ने थाहा पाएपछि रोकिएको नगरप्रमुख शर्माले दावी गरे । कर्मचारीहरुले तलब नपाएको बारे प्रतिक्रिया दिदै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी गिरीले मन्त्रालयले बजेट उपलब्ध नगराउदाँ तलब दिन नसकेको बताउदै सोधभर्ना गरेर तलब दिने स्थिति नरहेको बताए ।