नेपालगन्जका शकिलले प्राप्त गरे आमाको नामबाट नागरिकता

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.३ का मोहम्मद शकिल हलवाईले करिब १ बर्ष पछि आमाको नामबाट नेपाली नागरिकता प्राप्त गरेका छन् ।

हल्वाईले लामो समय देखी नागरिकता नपाए पछि उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा मैले नागरिकता कहिलेसम्म पाउँछुु भनी सूचना माग गरेका थिए ।

नेपालको संविधानले आमाको नामबाट नागरिकता पाउने कानुुनी प्रावधान भएपनि जिल्ला प्रशासन कार्यालय, बाँकेले हलवाईलाई नागरिकता दिन ढिलाई गरेको थियो

नेपालको संविधान अनुसार आवश्यक कागजात पेश गर्दा पनि बिभिन्न बहाना देखाउँदै नागरिकता दिन आनाकानी गरेपछि एक बर्ष पहिले शकिलले जिल्ला अदालतमा मुुद्धा दर्ता गराएका थिए ।

जिल्ला अदालतले पनि २०७४ जेठ १४ गते महिना दिन भित्र शकिललाई नागरिकता प्रमाणपत्र उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाँकेलाई आदेश दिएको थियो ।

हलवाईले नागरिकता पाए पछि आफुु ज्यादै नै हर्षित भएको र रोजगारीको लागि सहजता भएको बताए । नेपालगन्जमा यस अघि आमाको नाममा दीपिका सोनीले नागरिकता प्राप्त गरेकी थिईन ।

अदालतले गरेको आदेशको कार्यान्वयन ढिलै भए पनि जस्ले गर्दा नागरिकको हकको प्रत्याभुुत भएको सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी बताउनुुहुन्छ । आमाको नाममा नागरिकता प्राप्त गराउन कानुुनी प्रक्रियामा सहयोग गर्दै आउनुु भएका महिला तथा कानुुन विकास मन्च, बाँकेका संयोजक अधिवक्ता सुुनिल श्रेष्ठले आमाको नामबाट नागरिकता पाउने कानुुनी प्रावधान भएपनि अझै सहज तरिकाले प्राप्त गर्न असहज रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुुख जिल्ला अधिकारी रमेश कुुमार केसीले हलवाईलाई नेपाली नागरिकता प्रदान गर्दै बधाई समेत दिएका थिए ।

उक्त अवशरमा उच्च अदालत बार एसोसियसन, बाँकेका अध्यक्ष बल बहादुुर चन्द, आईएचआरसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुुमार ज्ञवाली, मानव र वातावरणका अध्यक्ष लक्ष्मी तिवारीले आमाको नाममा नेपाली नागरिकता प्राप्त गर्न सफल भएकोमा हलवाईलाई बधाई तथा शुुभकामना दिएका थिए ।