बाल क्लव संजाल गठन

नेपालगन्ज ।  बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरमा बाल क्लब संजाल गठन गरिएको छ ।

राधापुरका साविक ९ वटा वडामा रहेका ८ वटा टोलमा टोल स्तरीय बाल क्लब गठन पश्चात वडा स्तरीय बाल क्लब गठन गरिएको हो ।

खजूरा गाउँपालिकाको सहकार्यमा समृद्धिका पाईलाले टोल स्तरीय र वडा स्तरीय बाल क्लब संजाल गठन गरिएको छ ।

खजूरा गाउँपालिका कार्यपालिका सदस्य फत्ते कुमारी जैसी, वडा सदस्य दीपा विक, स्थानयि समाजसेवी मगन सिंह थापाको उपस्थितीमा टोलका बालबालिकाको एक भेलाले टोल स्तरीय बाल क्लब गठन गरेको छ ।

टोल स्तरीय बाल क्लबको गठन पश्चात वडा अध्यक्ष सुमन मल्लको प्रमुख आतिथ्यतामा ८ वटै टोलको संयुक्त भेलाले सुशील गुरुङको अध्यक्षतामा वडा स्तरीय बाल क्लब संजाल गठन गरेका हुन ।

१५ सदस्यीय संजालको उपाध्यक्षमा दीपा सुनार, सचिवमा आँचल थापा, सहसचिवमा नविना थापा र कोषाध्यक्षमा बिना थापा रहेका छन् भने संजाल गठनमा जिल्ला बाल क्लब संजालका अध्यक्ष स्वेता गुरुङ रहेका छन ।

सहजकर्ता मनकुमारी थापा लगायतले सहजिकरण गरेका थिए । जिल्ला बाल क्लब संजालका अध्यक्ष गुरुङले बाल क्लबले गर्नुपर्ने कार्य लगायतका बिषयमा सहजिकरण गरेकी थिइन् । खजूरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लले बाल क्लबलाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव समेत दिनुभयो ।