बाल संरक्षणमा समाजसेवी महिला

बर्दघाटः नवलपरासीको बर्दघाट ४ दिब्यनगर बस्ने समाजसेवी तारा रानाले बर्दघाट नगरको विकट गाउ चाहाबच्चा बस्ने विपन्न परिवारकी लिसार ढेंगा मगरको सम्पुर्ण खर्च बेर्हाेने गरी शिक्षादिक्षामा सहयोग गर्ने भएकी छिन् । ५ बर्षिया वालिकाको शिक्षादिक्षा बेर्हाेने र लालनपालन गर्ने गरी उनले नवदिब्यज्योति प्राबिमा भर्ना समेत गरेकी जनाइएकोछ । पढन पाउनु बालबालिकाको अधिकार रहेको बताउदै उनले सबै बालबालिका शिक्षाबाट बञ्चित हुनु नपरोस भन्ने ध्येयले आफैबाट सो काम थालेको बताइन् । राना राष्ट्रिय जनमुक्ति पार्टीकी नेतृ समेत रहेकी छिन् ।