गाईभैसीमा लाग्ने रोग बिरुद्ध भ्याक्सिन

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ को अगुवाईमा वडाका रहेका गाईभैसीमा खोरेत तथा चरचरे रोग बिरुद्धको भ्याक्सिन लगाइएको छ । बर्दघाट नगरपालिका पशुसेवा शाखाको सक्रियतामामा वडाका पशुपालक कृषकहरुको पशुहरुलाई सो भ्याक्सिन लगाइएको हो । पशुमा लाग्ने महामारी बिरुद्ध नगरका सबै वडामा यस्तो कार्यक्रम गरिएको छ । पशुहरुलाई रोग बिरुद्ध भ्याक्सिन लगाउन पशु सेवा प्राबिधिक रामहरि शर्मा रामप्रसाद पौडेल अभिषेक लामिछाने र रमेश पाण्डेको टोली सक्रिय रहेको र बाकी रहेका पशुहरुलाई समेत भ्याक्सिन दिइने जनाइएकोछ ।