सहकारीको बार्षिकोत्सवमा ६८ जनाले गरे नेत्रदान

नवलपरासी । नवलपरासीको  बर्दघाटमा रहेको टाइम साकोसको सातौ बार्षिकोत्सवको अवसरमा ६८ जनाले नेत्रदान गरेका छन् । सो अवसरमा प्रथम नेत्रदाता तथा प्रमुख अतिथि नेपाल बुद्धिजिवी संगठनका बर्दघाट नगर संयोजक कृष्णबन्धु पौडेलले नेत्रदान गर्नु पाउदा आफूले गर्व अनुभुति गरेको बताए ।

स्थापना दिवसकै अवसरमा साकोसले विपन्न परिवारकी शेयर सदस्यउजेली थापा गुरुङकी छोरी अर्चना गुरुङलाई शिक्षादिक्षाका लागि ५ हजार रुपैया सहयोग गरेको थियो । साथै कार्यक्रममा उनलाई अध्ययनका लागि बार्षिक ५ हजार सहयोग गर्ने प्रतिबद्धता समेत जनाइएको थियो । सोही क्रममा नेत्रदातालाई मोतियाबिन्दु भएका रु ५ हजार आखाँको नानी प्रत्यारोपण गर्नुपरेमा रु १५ हजार आर्थिक सहयोग गरिने समेत बताइएको थियो ।

कार्यक्रम संस्थाको अध्यक्ष रुद्रप्रकाश उपाध्यायको अध्यक्षता सचिव  बोल्गानेपालको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष फुलकुमारी गुरुङ, युवा परिचालन समितिका सदस्य गणेश पाण्डे सम्बोधन गरेका थिए ।