नेबिसंघमा इकाईसम्मै गुटको हानथाप

नवलपरासी – नवलपरासीमा नेपाल विद्यार्थी संघको ईकाईस्तरसम्मै गुटको हानथान रहेको पाइएको छ । बर्दघाट २ मा रहेको दिब्यज्योति बहुमुखी क्याम्पस ईकाई समितिले पत्रकार सम्मेलन गरी क्याम्पस प्रशासनले आफूहरुलाई जानकारी नदिई कार्यक्रम हल दिएको भन्दै बिरोध जनाएको पछि सो कुरा बाहिर आएको थियो । क्याम्पस प्रशासनले आफूह?लाई जानकारी नदिई हल दिएको र हतियार सहित क्याम्पस हातामा प्रहरी प्रबेश गरेको भन्दै नेबिसंघ ईकाई समितिले बिज्ञप्तिमार्फत बिरोध जनाएको थियो । बैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा राजन भण्डारीको नेतृत्वमा रहेको नेविसंघले कार्यक्रम गरेको थियो । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा २ का सांसद देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गर्दा क्याम्पस ईकाईलाई जानकारी नै नगराई कार्यक्रम गरेकोमा र्ईकाईले विरोध जनाएको थियो । कार्यक्रम सकेर बाहिरिने क्रममा नेता कंडेल संग विद्यार्थीह?ले चर्काचर्की समेत भएपछि क्याम्पस हाताभित्र हतियार सहित पुलिस पुग्दां क्याम्पस प्रसाशन चुपचाप बसेको र विद्यार्थीह?ले जानकारी लिदा कुनैपनि कार्यक्रम नरहेको बताएपनि क्याम्पस प्रसाशनले रसिद काटेरै हल भाडामा दिएको भेटिएको भन्दै नेबिसंघ इकाई समितिले बिरोध गरेको थियो । सो घटना क्याम्पस प्रशासनकै कारण भएकोले प्रशासन नै घटनाको मुख्य जिम्मेवार भएको नेविसंघ दिब्यज्योती बहुमुखी क्याम्पसका ईकाई सचिव मनिष कुमार अधिकारी द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै नेपाली कांग्रेस भित्रको विवाद यतिबेला नेविसंघ मार्फत सतहमा आएको छ । नेविसंघ नवलपरासीमा अहिले राजन भण्डारी समुह र दधिराम पौडेल समुह क्रियाशिल रहेको जनाइएको छ । दुबैले आफ्नो पक्ष आधिकारिक भएको दावी गर्दै आएका छन् । तर यो विवाद दिब्यज्योति बहुमुखी क्याम्पसमा भने इकाईस्तरमा समेत देखिएको बताइएको छ । ईकाई सचिव मनिष कुमार अधिकारीले भने जिल्लाको आधिकारिक अध्यक्ष दधिराम पौडेल रहेको बताए । यो सन्र्दभमा ईकाई सचिव अधिकारीले मंगलवार क्याम्पस प्रशासनसंगको समस्या समाधान भएको जिकिर गरेका थिए ।