आज नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको दिन: लेनिन जयन्ती

क्रान्तिकारी माओवादीद्वारा विशेष कार्यक्रमको आयोजना

काठमडौं । आज लेनिन जयन्ती अर्थात् विश्व सर्वहारावर्गका महान नेता भिआइ लेनिनको जन्म दिन अप्रिल २२ । 

लेनिनलाई विश्व सर्वहारावर्गको एक महान नेताको सम्मान गर्दै विश्वभरका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले आज विभिन्न कार्यक्रम गरी सम्झने गर्दछन् ।

लेनिन जयन्तीको अवसर पारेर नेकपा ९क्रान्तिकारी माओवादी०ले पनि आज पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा  एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी कार्यालय बुद्धनगरमा आयोजना गरिने कार्यक्रममा पार्टी महासचिव मोहन वैद्य‘किरण’लगायतका नेता कार्यकर्ताहरुको सहभागि हुने भएका छन् ।

आज लेनिन दिवसका साथै नेपालमा ‘नेपाल कम्युनिस्ट पार्टी’को स्थापना भएको दिन पनि भएकाले यसलाई सबै कम्युनिस्ट पार्टीहरू आ(आफ्नो ढंगले मनाउने गर्दछन् ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको दिनका रूपमा पनि आज यो दिवस मनाउने गर्द छन् । 

क्रान्तिकारी माओवादीले आज लेनिनले प्रतिउत्पाद गरेको माक्र्सवादका ३ सङ्घटक अङ्गहरूको विकास र समग्र समाज विज्ञानको सिद्धान्तको विषयमा चर्चा परिचर्चा समेत गर्दै उनलाई स्मरण गर्ने भएको छ ।

त्यसैगरी विप्लव निकटको नेकपा, माओवादी केन्द्र, एमाले, मसाल लगायतका पार्टीहरूले समेत कार्यक्रम आयोजना गरेका छन्। 

लेनिनको विश्व कम्युनिस्ट आन्दोलनमा मात्र नभएर माक्र्सवादको प्रयोग र विकासमा अद्वितीय योगदान रहेको छ । 

सन् १८७० अप्रिल २२ का दिन रुसको सिम्बिस्र्कमा जन्मेका लेनिनले सन् १८९२ देखि बाचुन्जेलसम्म आफ्नो जीवनको सम्पूर्ण समय कम्युनिस्ट क्रान्तिकारी सङ्घर्षमा लगाएका थिए ।

लेनिनले माक्र्सवादको सही प्रयोग मात्र गरेनन्,  माक्र्सवादका ३ सङ्घटक अङ्गहरूमा विकास गरेर माक्र्सवाद–लेनिनवादको प्रतिपादन समेत गरे ।

लेनिनले क्रान्तिकारी कम्युनिस्ट पार्टीका बारेमा नै नयाँ अवधारणा निर्माण गरेका थियो । यस्तो खालको सङ्गठनात्मक पद्धतिलाई लेनिनवादी पद्धति भनिन्छ । 

त्यसलाई नयाँ ढङ्गको पार्टी पनि भनिन्छ । लेनिनले आफ्नो पालामा कम्युनिस्ट आन्दोलनको कार्यभारलाई समाल्दै रुसी समाज र विश्वको अध्ययन मसिनो गरी गरेका थिए । 

उनले आविष्कार गरेको लेनिनवादी सङ्गठनात्मक पद्धतिभन्दा नयाँ र वैज्ञानिक पद्धतिको विकास भएको छैन । त्यसैले लेनिनको सङ्गठनात्मक पद्धतिको खोज पनि एउटा महत्वपूर्ण योगदान हो ।

लेनिनले माक्र्सपछि अर्थशास्त्रमा नयाँ खोज गरे । एकाधिकार पुँजीवादको व्याख्या गरे । राजनीतिलाई अर्थतन्त्रको केन्द्रीय अभिव्यक्तिका रूपमा परिभाषित गरे।

साम्राज्यवादीहरूले आफ्नो सङ्कट र अन्तरविरोधलाई हल गर्न एकाधिकार पुँजीवादी नीति अवलम्बन गर्न पुगेका थिए । जसलाई लेनिनले सन् १९०० देखि प्रतिस्पर्धात्मक पुँजीवाद एकाधिकार पुँजीवादमा बदलिएको विश्लेषण गरे। 

त्यसको १० वर्षपछि लेनिनले साम्राज्यवादबारे खोज गर्दै ‘साम्राज्यवाद भनेको पुँजीवादको विकसित र मरणासन्न अवस्था’ रहेको पत्ता लगाए । 

अहिले पनि विश्वको उत्पीडनको आधार साम्राज्यवादी नै रहेको छ ।