प्रधानमन्त्री ओलीलाई पत्रकारले लेखे यस्तो पत्र: ‘देशकाे कार्यकारी प्रमुखदेखि लज्जित छु’

‘अन्यायले सीमा नाघेपछि विद्राेहकाे ज्वाला दन्कन्छ’

 

                                मिति:२०७४/१२/१९

प्रधान मन्त्री ओली ज्यू

-पहिलो कुरा त म मेराे देशकाे कार्यकारी प्रमुख देखेर अाफै लज्जाबाेध गरिरहेको दर्साउछु । याे लेख्दा मलार्इ उहाँका समर्थकले गाली गर्नसक्नुहुन्छ । तर, एउटा नेता प्रतिपक्षीमा रहँदा जे बाेल्छ, सत्तामा अासिन हुँदा पनि त्यही कुरा गर्छ भने मैले के लज्जाबाेध नगरु ? अालाेचना स्वीकार्य छ मनकाे कुरा लेख्छु । प्रत्येक नागरिकमा अास्था, विचार र अभिव्यक्ति स्वतन्त्रता रहने गरी संविधानले दिएकाे अधिकार प्रयाेग गरी म मनकाे कुरा बाेल्छु ।

श्री अाेली ज्यू तपार्इले सरकारमा उक्लनलार्इ अनेकाै अाश्वासनका पाेका पल्टाउनु भएकाे थियाे । ठीकै पनि लागेकाे थियाे कि हरेक मान्छे स्वप्नदर्शी हुनुपर्छ । सपना देखेरै वा परिकल्पना गरेरै अाज मानव जातिले विज्ञानप्रविधिमा अभूतपूर्व विकास गरेकाे छ । सपना देख्नु र देखाउनु कुनै अापत्तीजनक कुरा हुँदै हाेइन । तर, त्यसकाे एउटा निश्चित स्थान, समय र सन्दर्भ हुन्छ । सान्दर्भिकता हेरिन्छ ।

अाेली महाेदय ! तपार्इ त अहिले प्रधानमन्त्री बनिसक्नुभएकाे हाेइन र ? तपार्इ त हाम्राे देश नेपालकाे कार्यकारी प्रमुख हाेइन र ? कार्यकारी प्रमुखकाे अासन लिइसकेपछि पनि तिनै गफ पल्टाउने ? नागरिकले देशकाे प्रधानमन्त्रीबाट भाषणकाे अपेक्षा कदापी गर्दैनन । यस्ताे भ्रम यदि महामहिममा छ भने त्याे देशका निम्ति ठूलाे दुर्भाग्य हाे । प्रधानमन्त्रीकाे जिम्मेवारीमा नजाँदासम्म हामी याे गर्छाै उ गर्छाै भन्नु ठीकै मान्न सकिन्छ तर जब गर्ने सर्वाेच्च पदमै पुगिसकेपछि के ले राेकेकाे छ ? तपार्इ त विम्वमा खेल्ने मान्छे गाउँघरमा भनिन्छ ‘टुप्पीभन्दा अझै माथि…’ के छ ? म याे गर्छु कि उ गर्छु भन्नुभन्दा गरेरै देखाइदिए भइगाे नि ।

मैले केही वर्ष अघि नै, जतिबेला श्री अाेली प्रधानमन्त्रीकाे कुर्सीमै अासिन हुनुहुन्थ्याे, लेखेकाे थिए कि श्री अाेलीमा अरुले भाषण गर्न जान्दैन कि भन्ने भ्रम छ । जसका कारण उहाँ जति ठाउँमा जानुहुन्छ टन्सिल बढ्ला जस्तै गरी कस्सिएर भाषण रन्काउनुहुन्छ । तर, महाेदय याे त भाषण गर्ने ठाउँ हाेइन नि ! काम गरेर देखाउने ठाउँ पाे हाे । ल ठीकै छ तपार्इले बाेल्दै नबाेल्नुस पनि हामी भन्दैनाै तर एकचाेटी याद गर्नुस महाेदय हिजाे धमला जीलार्इ खुसी पार्न प्रज्ञा भवनमा गएर के बाेल्नुभयाे ? अाफ्नाे भाषण एकचाेटी अाफै दाेहाेर्याउने बानी छ भने हेर्नुहाेला । देशकाे कार्यकारी प्रमुखले त्यति तल्लाे तहका वाक्य प्रयाेग गरेर ‘अराजनीतिक’ भाषण गर्नु कति शाेभायमान हुन्छ । यदि कुनै पनि देशमा जनताका तहबाट उठ्ने अावाज, असन्तुष्टी, असमति वा विद्राेहलार्इ देशकाे कार्यकारीले मजाक ठान्छ भने त्याे देशकाे भविष्य के हाेला ? के याे दाेहाेरी खेल्ने विषय हाे ?

अनाैठाे त याे लाग्छ कि केही मिडिया छन, जाे श्री अाेलीलार्इ यस्तै कडा कडा शब्दवाण प्रयाेग गरेर जनताका असन्तुष्टीमाथि प्रहार गर्न उक्साइरहेका छन् । श्री अाेलीले बाेल्न नमानेका बेला पनि नबाेली नहुने गरी बाध्य पार्दैछन र कटुबचन अाेकल्न दवाव दिइरहेका छन् । यदि तपार्इहरु प्रजातन्त्र भन्ने शब्दमा राजनीति गर्नुहुन्छ भने बुझ्नुपर्छ कि यस्ता ‘प्रहसन’ वा शब्दवाजीले उत्पन्न गर्ने परिस्थितिकाे जिम्मेवार काे हुन्छ ? यस्तै गरी देशमा अर्काे द्वन्द्व सुरु भयाे भने त्यसकाे जिम्मेवार प्रधानमन्त्री हुनुहुन्छ वा सडकमा अावाज उठाउने नागरिक ? जनताका तहबाट इटकाे जवाफ पत्थरले दिइनु स्वभाविक हुन्छ तर देशकाे कार्यकारीमा बसेर उही उखानटुक्का र कटुबचन लगाउनु सायद सुहाउँदैन ।

प्राचीनकालदेखि अाजसम्म पनि नेपाल एकपछि अर्काे द्वन्द्व हुँदै हुँदै यहाँसम्म अाएकाे कटु यथार्थ सायद सबैमा विदितै छ । अब फेरि पनि यदि अर्काे द्वन्द्व थाेपर्नै खाेजेकाे हाे भने त भन्नु केही छैन । नत्र श्री अाेली ज्यूका यस्ता कटुबचनले देशलार्इ कदापी फाइदा गर्दैेन । उहाँका उखान टुक्का र विविध विम्वले लटपटिएका यस्तै यस्तै कटुबचन देशले धेरै सुनिसक्याे । अाेली महाेदय ! यदि तपार्इमा अझै पनि मुड्की बजाएर, पाखुरी सुर्केर भाषण गर्ने नै रहर छ भने तपार्इले कार्यकारी प्रमुखकाे अासन छाेडेर मैदानमा अाउनु राम्राे हाेला । तर, एकचाेटी गहिरिएर मनन गरियाेस् कि यसअघि सम्पन्न चुनावमा तपार्इ र तपाइकाे गठबन्धनका तर्फबाट शान्ति, स्थायित्व र समृद्धिकाे सपना देखाइएकाे छ ।

यदि तपार्इमा देशकाे अागामी राजनीतिक भविष्यकाे चिन्ता छैन भने तपार्इ र तपाइकाे गठबन्धनका तर्फबाट दिइएका देखाइएका ती सपना एउटा भयानक द्वन्द्वमा विलाउने निश्चित छ । यदि त्यस्ताे द्वन्द्व सुरु भयाे भने त्यसकाे जिम्मेवार कदापी विद्राेह गर्ने मान्छेहरु हुनेछैनन, श्री अाेली र उहाँलार्इ भयभरकाे न्वारानदेखििकाे बल लगाएर उक्साउने मिडिया र अन्य सहयाेगीहरु हुनेछन । श्री अाेली ज्यू देशमा अशिक्षाकाे समस्या छ, चरम गरिबी छ, वेराेजगारीकाे समस्या चर्काे छ, भ्रष्टाचारले सीमान नाघेकाे छ, विकासमा असमानता छ, भूगाेल, जाति, लिङ्गमाथिकाे विभेद अचाक्ली छ । यी कुरा त तपार्इ अाफैले भन्दै अाएकाे हाेइन र ? अनि मान्छे मनभित्रकाे असन्तुष्टकाे ज्वाला ननिस्कि कसरी छाेड्छ ? अाफ्ना असन्तुष्टी नपाेखेर कसरी मनले मान्छ ? ती असन्तुष्टीहरु सङ्गठित हुनु त स्वभाविक हुन्छ ।

भाेकले पेट कटकटी काट्न थालेपछि, अभावले जीवन मृत्युउन्मुख हुन लागेपछि, विभेद र अन्यायले सीमा नाघेपछि त्याे अागाे बनेर अाेकलिन्छ नै । त्याे विद्राेहकाे ज्वाला भएर दन्कन्छ नै । यी सबै कुरा अन्त्य गर्नतिर खुरुखुरु लाग्नुस किन मान्छेले विद्राेह गर्नुपर्छ र ? चेतना भया ।

(लेखक चलाउने,नेकपा निकटको क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष हुन । चलाउने ननस्टप खबरमा सम्पादक समेत रहेका छन् ।)