अखिल क्रान्तिकारीद्धारा शिक्षा क्षेत्रमा समग्र सुधारको माग

शैक्षिक विकृति विरूद्ध संघर्ष गर्ने

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकटको अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको पठन पापनको सुव्यवस्थापन र सबैखाले विकृतिहरू हटाउन माग गर्दै उपकुलपति तिर्थराज बानियालाई हिजो ज्ञापन-पत्र बुझाएको छ ।

क्रान्तिकारीको त्रिवि कमिटीको अगुवाईमा उक्त पत्र बुझाइएको हो ।

क्रान्तिकारीका त्रिवि ईन्चार्ज तथा केन्द्रीय सदस्य कलम बडुवालले हरपल नेपालसँग कुरा गर्दै आफुहरूले शैक्षिक सुधार र सुव्यवस्थापका विषयमा क्याम्पस प्रशासनलाई पटक पटक सजग गराएको जनाउदै माग पुरा नगरे संघर्षका कार्यक्रम गरिने बताए ।

क्रान्तिकारीले त्रिविलाई छ-छ महिनामा प्रवेश परीक्षा खोल्नुपर्ने, त्रिविमा सेवारत प्रध्यापक बाहिरी कलेजमा पढाउने गरेकोमा त्यसलाई बर्खास्त गर्नुपर्ने, सेमिस्टर प्राणालिको गुणस्तर वृद्धी गर्नुपर्ने, छात्रावृतिमा गरीब, जेहन्दार र जनयुद्धका योद्धा परिवारलाई पारिनुपर्ने, त्रिविले विभिन्न संकायमा संबन्धन अनुमति दिदा मापदण्ड हेरेर मात्र दिनुपर्ने लगायतका मागहरू अघि सारेको छ ।

मागहरू यथासक्य रूपमा कार्यान्वयन नगरिएमा आफ्नो संगठन सघर्षका कार्यक्रम मार्फत दवाव दिने समेत नेता बडुवालले बताएका छन् ।