काठमाण्डौमा प्रहरी र प्रदर्शनकारीबीच झडप: सडक अबरूद्ध

झडपमा परी ५ घाइते: ९ जना पक्राउ

काठमाडौं । सडक विस्तारको क्रममा स्थानीयवासको कुरा नसुनेपछि नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

स्थानीयका अनुसार काठमाण्डौ उपत्यकामा सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै विभिन्न जातीय समुदायले काममा अबरेध गरेपछि झडप भएको हो ।

त्यसका साथै सम्पदाको संरक्षणको माग गर्दै आज स्थानीयहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन समेत गरेका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास हानेको छ । प्रहरी झडपमा परी ५ जना प्रदर्शनकारी घाइते भएको र उनीहरुको बानेश्वरको एभरेष्ट अस्पतालमा उपचार भैरहेको हरपल नेपाल संवाददाताले जनाएका छन ।

अहिले झडपको विरोधमा स्थानीय उत्रियपछि माइतीघरदेखि नयाँ बानेश्वरसम्म गाडी चल्न सकेका छैनन्।

प्रदर्शनस्थालबाट प्रहरीले ९ जनालार्इ पक्राउ गरेको जनाएको छ । प्रहरीले सडक खुलाउन प्रयास गरिरेको बताएको छ ।