‘गाईवादीहरूको सामन्ती चिन्तन र सामाजिक यथार्थता’

सामाजिक परिवर्तनको आन्दोलन जरूरी

उपसभामुख राधीका राईले गृहमन्त्री समक्ष राखेको विचार समाजिक सञ्जालमा निकै टिप्पणीको विषय बनेको छ । गाईको मासु खाए वापत जेल बस्नु पर्ने बारेमा कानुनको संशोधनको माग गरे वापत राधीका विरुद्ध निकै ठूला स्वरहरु उठिरहेका छन ।

सामान्य नागरिक मात्र हैन आफुलाई दिग्गज हुँ भन्ने गगन थापादेखि ठूला वकिलहरुसम्म राधिकाको हुर्मत लिन तम्सिएका देखिन्छन । सडकमा गाई काटेका चित्र बनाएर साम्प्रदायीक सद्भाव बिथोल्ने प्रयाससम्म पनि गरिए । तसर्थ यो विषयमा तथ्यमा उभिएर छलफल चलाउनु पर्ने अवस्था देखियो ।

नेपालमा गाई-गोरुको मासु खाने कति ?

२०५८ को जनगणना अनुसार तामाङ ५.६४, मुस्लिम ४.२७ राई २.६९ सार्कि १.४० प्रतिशत देखिएको छ । जनजाति अरुले गाई-गोरूको मासु प्रयोग गर्दछन । झण्डै ५० लाख भन्दा बढी नेपालीले औपचारिक रुपमै गाई खान्छन । किराँत क्षेत्रमा जाँदा मैले थाहा पाएँ, उहाँहरुको पितृलाई गोरुको मासु अनिवार्य चढाउनु पर्दछ । यतिमात्र हैन तराइका दलित समुदाहरुमा गाईको मासु खाइन्छ भने, पश्चिम नेपाल तिर बस्ने खाम मगरको समुदायहरुमा, अरव, अमेरिका, युरोप, अस्ट्रेलिया र भारत रहेकाहरु अनि नेपालमा रहेका तारेहोटलहरुमा विफको रुपमा गाईको मासु खानेहरूको संख्या कति होला ? अनुमान गर्न सकिन्छ ।

भारतको बम्वैमा पार्टीको एउटा कार्यक्रम जाँदा सहजै साथीहरुले गोरुको मासु ल्याएको म आफैले देखेको छु । यसरी मोटा मोटी रुपमा हेर्दा २ करोड ५५ लाख जनसंख्यामा झण्डै एक करोड भन्दा बढी नेपालीहरुले गाई वा बिफको प्रयोग गर्दछन । तथ्य यही हो । अब कति मानिसलाई जेल हाल्ने ? प्रश्न गम्भिर छ । सधैँ मानिसलाई धम्कि र दण्डको भरमा अधिनस्त गर्न सकिदैन भन्ने कुरा शासकहरुले समयमै बुझ्दा राम्रो हुन्छ ।

अहिले गाईवादीहरु निकै ठूलो स्वरले कराएका छन । पहाड, तराई वा शहरमै अहिले किसानहरु गाई पाल्न रुची राख्दैनन, किन ? मधेसमा जाँदा जो कोहीले पनि देख्न सक्छ, दिनहुँ सयौको संख्यामा सस्तो दाममा गाई गोरु भारत तिर गैरहेका छन । बुझ्दा थाहा भयो, ति सबै मासुको लागि बेचिएका रहेछन । नेपालबाट ३०० मा लगेको गोरुको मासु झण्डै ३० हजारमा मासुको रूपमा हुदो रहेछ । यसरी नेपाली किसानहरुले वार्षिक अरवौ रुपैंया एकातिर गुमाई रहेका छन भने अर्कोतिर देशले अरवौ रुपैंयाको मासु आयात गरिरहेको छ ।

विफ खान हुने मासु खान किन नहुने ?

विफ खान हुने गाई खान नहुने कस्तो चिन्तन हो यो । हिजो खाएकोले मात्र नपुगेर विश्वभर मासुको नयाँ विकल्प खोजिदै पनि छ । गाई अहिले अपहेलित भएको छ ।

शहरमा सडकमा जताततै छाडिएका गाई छन । पहाडमा गाई घाँडो भएर पाल्नै छाडें । पशुधन नेपाली किसानहरुको ठूलो सम्पत्ति हो । यसको उपयुक्त व्यवस्थापनले उनीहरुको जीवनमा ठूलो राहत हुन्छ । रुढीवादी संस्कारको दलदलमा बगेर हैन यथार्थतामा उभिएर यसको निकास खोज्नैे पर्दछ । यो विषयमा विवाद गर्नु भन्दा राष्ट्रिय जनावर अरु कुनै दैनिक जीवनमा प्रयोग नहुने जनावरलाई बनाए हुन्छ ।

बेकारको कुरामा अल्मिलिएर बस्नुको कुनै खास अर्थ छैन । हिन्दु धर्मसंग पनि यसको सम्वन्ध छैन । ८० प्रतिसत हिन्दु भएको भारतमा गाईको मासु खुले आम बजारमा विक्रि भइरहेको कुराले यसको पुष्टि गर्दछ । गाईको मासु खान हुदैन भन्ने कुरामा कुनै वैज्ञानिक आधार पनि छैन । बरु स्वास्थको लागि हितकर छ भनेर पुष्टी भएको छ ।

गाईलाई मान्छेसंग दाज्नु कुनै अर्थ छैन । यो केवल रुढीवादी सोच हो । रुढीवादीहरु परिवर्तन रुचाउँदैनन् । अहिले त्यसैको कोकोहोलो हो ।

मलाई संझना छ, मेरो परिवारलाई दुई पटकसम्म वाहुनहरुले एक खालको वहिष्कार गरेंका थिए । एक पटक मेरो पिताजीले लुगा लगाएर भात खाए वापत अर्को पटक हलो जोते वापत त्यस्तो भएको थियो । आज ती साम्प्रदायीक वाजेहरु हराएका छन् । गाईवादी साम्प्रदायीकहरु पनि भोली त्यसैगरी हराउँनेछन । यिनले दलीदलाई मन्दिर पस्नसम्म दिदैनन् । जनजातीलाई आफ्नो संस्कार मान्न दिदैनन् । मधेसीलाई मान्छेसम्म मान्दैनन् । गरिब देखें भने उनकै स्वजातीलाई समेत अर्दली ठान्छन । अरुतः अरु सरकारी जाँगिर खाएका पिएन, सिपाईहरुलाई समेत तल्लो ठानेर घरमा श्रमतीको साडी धुन लाउँछन ।

देशको सत्ता, सम्पती सबै श्रोत कब्जा गरेर लाखौ जनतालाई भोका नङ्गा बनाएका छन । आज यही तत्व गाईवादीको आवरणमा आफ्नो लुटको स्वर्ग कायम गर्न चाहन्छ । धर्मको ठेकेदार भएको रबाफ देखाई रहेछ । यिनका यस्ता हर्कत तोड्न दृढताका साथ सामाजिक आन्दोलन अघि बढाउनु पर्दछ ।

-(लेखक कट्टेल नपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् । यो लेख हामीले उनको फेसबुक पोष्टबाट साभार गरेका हौं ।)