हरपल नेपाल डटकमद्धारा बर्दियाका पत्रकारलाई सम्मान

जनपक्षिय पत्रकारीतामा जोड

बर्दिया । दृष्टि मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल पत्रिका हरपल नेपाल डटकमले आफ्नो वार्षिकोत्सवको अवसरमा बर्दियामा पत्रकारीताको विकाश र जनपक्षिय पत्रकारीतामा सक्रिय पत्रकारहरूलाई सम्मान गरेको छ ।

जनपक्षिय पत्रकारीतालाई जोड दिदैँ आएको उक्त मिडियाले स्थापनाको दोश्रो बर्षमा प्रवेश गरेको अवसरमा बर्दियाका तीन जना पत्रकारहरूलाई सम्मान गरेको हो ।

हरपल नेपालले बर्दियाको पहिलो छापा पत्रिका मूलधार पाक्षिकका सम्पादक बिष्णु प्रसाद तिमिल्सेना, पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश बस्याल र जनपक्षिय पत्रकारीतामा सक्रिय पत्रकार पुष्पा चौधरीलाई सम्मान गरेको छ ।

हरपल नेपालका सम्पादक लोकराज जैसिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धितालले प्रमुख आतिथ्यता गरेका थिए भने राजनीतिज्ञ तथा समाजसेवी भुपेन्द्र न्यौपाने र बृद्ध आमा नामसरा जैसिले विशेष आतिथ्यता गरेका थिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघ बर्दियाका अध्यक्ष आयुष न्यौपाने, प्रेस सेन्टरको अध्यक्ष मेनका चौधरी, प्रेस युनियनका अध्यक्ष विनयराज भण्डारी लगायतका पत्रकार सम्बद्ध संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका अधिकांश अतिथीहरूले जनपक्षिय पत्रकारीतामा जोड दिएका थिए ।