अखिल क्रान्तिकारी बाँकेको संयोजकमा शाही

१५ सदस्यीय भेला आयोजक समिति गठन

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारीले बाँकेमा हिक्मत बहादुर शाहीको संयोजकत्वमा १५ सदस्य जिल्ला भेला आयोजक समिति गठन गरेको छ ।

अखिल क्रान्तिकारीद्धारा आज बाँकेको नेपालगञ्जमा आयोजित एक भेलाले शाहीको संयोजकत्वमा वृहत भेला आयोजक समिति गठन गरेको हो ।

नव गठित समितिको सचिवमा वर्षा खड्का, सदस्यमा प्रकाश ढकाल, दिपसन जिसि, स्वेच्छा लाखे, सिमा शाही, आशा चपाई, हेमराज न्यौपाने, देव थापा, भोज बहादुर रावल, बिरेन्द्र धामी, बागेश्वर शाही, सुबोधचन्द ठकुरी, मुकेश शाही, कुमार सिंह लगायत रहेका छन् ।

विद्यार्थी नेता स्वेच्छा लाखेको सभापतित्वमा आयोजित उक्त भेलाको प्रमुख आतिथ्यता क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सङ्कुलले गरेका थिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी बाँकेका सचिव अर्जुन, अखिल नेपाल शिक्षक संघ क्रान्तिकारी बाँकेका अध्यक्ष मदन अधिकारी, बर्दियाका संयोजक लक्ष्मीनारायण थारू लगायतले समेत आतिथ्यता गरेका थिए।