कम्युनिस्ट पार्टीको झण्डा ओढाएर मृगौला पीडित नेता रावलको अन्तिम दाहसस्कार

आर्यघाटमा नेताहरूको घुईचो

काठमाण्डौं । अछामको कम्युनिष्ट् आन्दोलनका अग्रज झँकर बहादुर रावलको आज हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ ।

विगत एक बर्षदैखि काठमाण्डौंस्थित विर अस्पतालमा उपचारार्थ रावलको दुबै मृगौलाले काम गर्न छोडेपछी हिजो निधन भएको हो ।

अन्तिम श्रद्धाञ्जली दिनका लागि पशुपति आर्य घाटमा थुप्रै राजिनितिकादलका नेता कार्यकर्ताको घुईचौ लागेको थियो ।

रावलका ३ वटा छोराहरु रमेश बहादुर रावल, निरक रावल र रोशन रावलले दाग बत्ती दिए ।

कम्युनिष्ट पार्टीको झण्डा ओढाउदै नेकपा एमालेका उपाध्यक्ष भिम रावल, वर्तमान सभामुख ओनसरी घर्तीमगर, पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा, वर्षमान पुन, खगराज भट्ट, राष्ट्रिय सभा सदस्य तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवर, प्रतिनिधिसभा सदस्य राम बहादुर बिष्ट, पुर्व जिबिस अछामका सभापती कृष्णप्रसाद जैसी, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिपक साउँद, अखिल क्रान्तिकारीका सचिव डिबि साउद लगायतले अन्तिम श्रद्धाञ्जली ब्यक्त गरे ।

रावलको निधनले बामगठबन्धनलाई निकै क्षति पुगेको भन्दै कम्युनिष्ट् आन्दोलनको अभियानमा अभाव खट्की रहने श्रद्धाञ्जली अर्पण गर्न उपस्थित भएका नेताहरूले बताए ।

२०३६ साल देखि नै विद्यार्थि जिवन देखि नै राजनीतिमा सक्रिय भएका रावलले अन्याय अत्याचार र सामाजिक विभेदको बिरुद्धमा संघर्ष गरेका थिए ।