कक्षा ११ को नतिजा सार्वजनिक भयोः रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस

९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा आज सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले केहि समय अगाडी सूचना निकालेर नियमिततर्फको परीक्षाको नतिजा सार्वजनिक भएको जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरीएको बताएका छन ।

प्रा. चन्द्रमणि पौडेलले भने–‘९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । रिजल्टको प्रखाईमा रहेका विद्यार्थिहरुलाई यसले उतहित बनाएको छ ।’

कक्षा ११ को परिक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार १ जनाको परिक्षा स्थगित गरिएको छ ।

यदि तपाईलाई परिक्षाको नतिजा हेर्नु छ भने तलको लिंकमा क्लिक गर्नुहोस् । नतिजा हेर्न यहाँ क्लिक http://neb.ntc.net.np गर्नुहोस ।