साहित्य सिर्जना र अक्टोवर क्रान्तिको सान्दर्भिकता विषयमा बहस कार्यक्रम हुदैँ

इच्छुक सांस्कृतिक प्रतिष्ठानमा साहित्यिक जमघट

काठमाडौं । राजधानीमा भोलि एक कार्यक्रमबीच साहित्यिक जमघट हुने भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले ‘वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर क्रान्तिको सान्दर्भिकता’ विषयमा विभिन्न साहित्यिक वक्ताहरुबीच वहस कार्यक्रमको आयोजना गरेको छ ।

आयोजका अनुसार कार्यक्रम दिउँस १ बजे सुरु हुने छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभा हलमा राखिएको उक्त बहस कार्यक्रममा विभिन्न विधाका साहित्यकार, पाठक, लेखक र सर्वसाधारणको समेत सहभागिता हुने बताइएको छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य हिरामणी दुखीका अनुसार उक्त वहस कार्यक्रममा आधा दर्जन बढी वक्ताहरु रहने छन । कार्यक्रममा सबै साहित्यिक मनहरुलार्य आमन्त्रण गरिएको छ ।

हरपलसँग कुरा गर्दै प्रतिष्ठानका सदस्य दुखीले भने–‘भोलिको कार्यक्रममा साहित्य रचना र समाज रुपान्तरणको अन्तरसम्बन्धबारे वक्ताहरुले आफ्नो धारणा राख्ने छन । वर्तमान समयमा महान अक्टोबर क्रान्तिको सान्दर्भिकता र साहित्यको विषयमा वहस आवशयक देखिएकाले यसको आयोजना गरिएको हो ।’

दुखीका अनुसार उक्त साहित्यक वहस कार्यक्रममा चैतन्य, निनु चापागाई, जगदिशचन्द्र भण्डारी, प्रा.डा. ताराकानत पाण्डेय, डा.अमर गिरी, रोशन जनकपुरी, सीता शर्मा, संङ्ीत श्रोता लगायत वक्ताको रुपमा रहेका छन ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले विभिन्न समयमा साहित्यक वहस, गोष्ठि, समारोह लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।