Breaking News: बयानका लागि प्रहरी घेरामा डा. केसी सर्वोच्च पुगें

अब के हुन्छ, चासोको विषय

काठमाडौं । अदालतको आदेस अनुसार हिजो साँझ पक्राउ गरिएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीलाई अहिले बयानका लागि सर्र्वोच्व अदालत लगिएको छ ।

अदालतको आदेश अनुसार प्रहरीले केसीलाई आज विहान बिहान ९ बजे अदालतमा पेश गरेको हो । उनलाई बयानको लागि अदालतमा ल्याउन सर्वोच्चले हिजो नै आदेश दिएको थियो।

अदालतको अवहेलना मुद्दाको बयानका लागि डा. गोविन्द केसीलाई सर्वोच्च अदालत लगिएको हो । उनको समर्थनमा पर्दशन समेत भएका छन।

न्यायालयको जनआस्थामाथि खलल पुर्‍याएको अभियोगमा प्रहरीले केसीलाई हिजो पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश र न्यायालयको गरिमामाथि गम्भीर चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबार साढे ४ बजे अवहेलना मुद्दा चलाउन सर्वोच्चलाई प्रतिवेदन दिएका थिए।

केसीविरुद्धको अवहेलना मुद्दामा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई पक्राउ गरी मंगलबार बिहान नौ बजे सर्वोच्चमा हाजिर गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा आदेश जारी गरेको थियो।

केसीलाई फौजदारी कसुरअन्तर्गत न्याय प्रशासन ऐन, २०७३ को दफा १७ ९४० अनुरुप अदालतको अवहेलनामा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० का तत्कालीन डिन डा।शशि शर्माको पुनर्बहालीको फैसलालाई लिएर केसी अनसनमा बसेका थए ।

उनको बयान सकिएपछि सर्वोच्च सर्वोच्चले केसीलाई सजाय तोक्ने वा सफाइ दिने विकल्पमध्ये एउटा निर्णय दिने छ । तर अदालतको अवहेलनामा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना कार्बाहीको कानुनी व्यवस्था रहेको हुनाले के हुन्छ भन्ने अझै खुल्न नसकेको विज्ञहरुको भनाइ छ ।