भिडियोमा हेर्नुहोस्, बाम एकताः जनअनुमोदीत योजना भन्दै नेम्वाङले यस्तो बताए

चाडै बाम नेतृत्वको सरकार गठन हुने ठोकुवा

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले बाम एकताको एजेन्डा जनताद्धारा अनुमोदीत योजना भएको जनाउदै त्यसलाई कसैले चाहेर पनि रोक्न नमिल्ने तर्क गरेका छन ।

राजधानीमा आज सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

नेकपा एमाले र माओवादी दुई पार्टीबीचको एकतालाई हालै सम्पन्न निर्वाचनमा आफुहरुले जनतामा लिएर जादा त्यसलाई देशका अधिकाशं जनताले समर्थन र अनुमोदन गरेर पठाएको हुनाले अब कसैले पनि त्यसलाई रोक्न नसक्ने उनको तर्क थियो ।

नेम्वाङले भने–‘हामीले निर्वाचनमा दुईपार्टीको साझाँ घोषणापत्र लिएर गर्यौ, जनताले त्यसलाई अनुमोदन गरें । अब त्यसबाट कुनै पनि दल भाग्ने अवस्था छैन, एकता हुन्छ । अब पाँच बर्षको लागि हामी अन्त हल्लन सक्ने ठाउँ छैन ।’

बाहिर चर्चामा आएको जस्तो अवस्था नरहेको भन्दै उनले भने–‘दुई पार्टीका नेताहरुबीच अहिले पनि एकताबारे छलफल भैरहेको छ । शिर्ष नेताहरुको संयोजकत्वमा गठन भएको एकता समन्वयन समितिको बैठक छिट्टै बसेर त्यसबारे थप निर्णय हन्छ ।’

उनले बाम एकता र जनअनुमोदीत सरकारको विकल्प अब आफुले नदेखेको बताउदै उनले अब बन्ने सकारको नेतृत्व बाम पार्टीले नै गर्ने दावी गरे । उनले सरकार गठनको काम पनि छिट्टै हुनेमा विश्वास व्यक्त गरें ।