यस्तो छ बिद्रोहीको गजलः जनयुद्धका हस्ती बालकृष्णलाई जेल तोडेर निकाल्ने साहश
जनयुद्धलार्इ अपराध घोषणा नगर्न चेतावनी
प्रकासित मिति : २०७४ पुस २२, शनिबार प्रकासित समय : १३:०६
भत्किएको समाजवादको पुल जोडी दिन्छौ बालकृष्ण ।
तिमिलाइ थुनिएको जेलहरु हामी फोडी दिन्छौ बालकृष्ण ।।
जनयुद्धलार्इ अपराध घोषणा गरिन्छ यदि भने,
यो शान्तिपूर्ण बिद्रोहलार्इ अन्तै मोडी दिन्छौ बालकृष्ण ।।
यहाँ बाउले नै घात गर्दै फसाउँछ यदि भने,
हामी रगतको नाता पनि तोडी दिन्छौ बालकृष्ण ।।
साँच्चै तिमीहरुले जनवादको बिरुवा रोपेकै हौ यो भने,
अब यसलार्इ मल हालेर हामी गोडि दिन्छौ बालकृष्ण ।।
यो दलाल व्यवस्थाले पटक पटक देश लुटदै जान्छ भने,
यसलार्इ खोजेर नि नभेट्ने ठाउँमा लगेर छोडी दिन्छौ बालकृष्ण ।।
(२०७४/९/२०: बि पी बिद्रोही को फेसबुकबाट साभार)