अश्लिलताको आडमा कलाकारीता गरिदैनः हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ

लोकतन्त्रको स्थानपनामा कलाकारको अहम भूमिका छ

हरपल नेपाल । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठले अश्लिलता र अरुलाई ठाडो रुपमा होच्याउने खालको प्रवृतिको आडमा कलाकारीता गर्न नसकिने ठोकुवा गरेका छन ।

हिजो राजधानीको पुतलीसडकस्थित शिल्पी थिएटरमा व्याङ्ग्यकार महेश थापाद्धारा लिखित कृति नमोनमः को लोकार्पण कार्यक्रममा बोल्दै त्यस्तो बताएका हुन् ।

कलाकार श्रेपष्ठले पछिल्लो समयमा हास्यव्यङग्य कलाकारीताको क्षेत्रमा अश्लिलता फैलिएको भन्दै चिन्ता समेत व्यक्त गरें । उनले हास्यव्याङ्ग्य कलाकारीता क्षेत्रको विकासमा आफुहरुले सधै अरुलाई जिज्ञासा, खुल्दुली र चिन्तन मनन गरेर सकारात्मक सोचमा लाग्न उत्साह थप्ने काम गरेको बताए ।

उनले कलाकारीता क्षेत्रमा अरुको सम्मान गरेर, दर्शकको मन जितेर मात्र सकारात्मक सन्देश दिन सकिने उल्लेख गर्दै कलाकारको भुमिका राष्ट्रको विकासमा रहेको बताए ।

उनले मुलुकमा लोकतन्त्रको स्थानपनामा कलाकारको अहम भूमिका रहेको बताउँदै त्यसलाई अझै जिम्मेवारपूर्ण रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।