बढ्दबै छ चिसो, जनजीवन प्रभावितः महोत्तरीमा सेनाद्धारा आगोको व्यवस्था

पाँच स्थानमा तातो चिया

गौशाला । अति जाडोका कारण नेपाली सेनाले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको पाँच स्थानमा तातो चिया बाँड्नाका साथै दाउरा बालेको छ ।

जिल्ला सदरमुकाम जलेश्वर–९ स्थित नेपाली सेनाको फस्ट रैफल गणले आज बिहानैदेखि एकडारा गाउँपालिकाको पाँच सार्वजनिक स्थानमा दाउरा बाल्नुका साथै स्थानीयवासीलाई तातो चियासमेत पिलाएको गणपति कृष्ण खड्का क्षेत्रीले बताए।

सेनाले जिल्लाको मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकामा पनि जाडोबाट प्रभावितलाई यसैगरी ठाउँ ठाउँमा दाउरा बालेर र चिया पिलाएको थियो । रासस